ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

दाङमा  स्कुलस्तरीय चौथो हप्किडो प्रतियोगिता हुँदै 

२१ कार्तिक २०८२, शुक्रबार
२१ कार्तिक २०८२, शुक्रबार

दाङ, २१ कात्तिक  ।

दाङको घोराहीमा चौथो  स्कुलस्तरीय हाप्किडो प्रतियोगिता–२०८२ हुने भएको छ । नेपाल हाप्किडो संघको आयोजना तथा दाङभ्याली कलेज हाप्किडो डोजाङको सहआयोजनामा आगामी मंसिर १६ देखि २० गतेसम्म घोराहीमा चौथो राष्ट्रिय स्कुल स्तरीय हाप्किडो प्रतियोगिता हुने भएको हो ।

आयोजक नेपाल हाप्किडो संघले शुक्रवार दाङ भ्याली कलेजमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताका बारेमा जानकारी दिएको हो । प्रतियोगितामा सात वटै प्रदेशबाट दुई सय बढी डोजाङका दुई हजार बढी विद्यार्थी खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक तथा दाङभ्याली डोजाङका प्रमुख प्रशिक्षक बिशाल थापाले जानकारी दिएका छन् । उनका अनुसार छात्र तथा छात्राले विभिन्न तौल तथा उमेर समूहमा व्यक्तिगत र समूहगत रुपमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता घोराहीस्थीत दाङ भ्याली कलेजको खेल मैदानमा हुने प्रतियोगिताका संयोजक थापाले जानकारी दिएका छन् ।

विद्यालयस्तरमै प्रतिभा पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुन सक्ने कुशल खेलाडी तयार गर्नका साथै आत्मसुरक्षामा सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता चार दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा फाइटिङ, सेल्फ डिफेन्स डेमोन्स्ट्रेसन, स्पारिङ र टेक्निकललगायतका विधा समावेश गरिएका छन् । प्रतियोगिताले विद्यार्थीहरूमा अनुशासन, आत्मरक्षा सीप र खेलकुदप्रतिको सकारात्मक दृष्टिकोण विकास गर्न सहयोग पुयाउने विश्वास गरिएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने समूह तथा खेलाडीलाई पदक, प्रमाणपत्रसहित सम्मान गरिने छ ।

प्रतियोगिताका संयोजक तथा दाङभ्याली डोजाङका प्रमुख प्रशिक्षक बिशालको अध्यक्ष तथा दाङभ्याली ग्रुपका अध्यक्ष प्रा.डा. बिनबहादुर सिंह वलीले  विद्यार्थीहरुलाइ विद्यालयदेखी नै खेलमा आवद्ध गरायो भने उनीहरूको खेलप्रति रुचि बढ्ने बताए । उनले भने यो खेलमा विद्यार्थीहरुको उत्साह जनक उपस्थिति हुने छ।  नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, दाङभ्याली कलेजका प्राचार्य बिस्णु बञ्जाडे, नेपाल हाप्किडो संघका केन्द्रीय उपमहासचिव समिर हलुवाईलगायतले प्रतियोगिताले नयाँ प्रतिभावान खेलाडी उत्पादनसँगै दाङको आर्थिक र पर्यटन विकासका लागि सहयोग पुयाउने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?