© २०२३
काठमान्डौ, २१ कार्तिक ।
बलिउड अभिनेत्री कट्रिना कैफ आमा बनेकी छन् । उनले शुक्रबार छोरा जन्माएकी हुन् । कट्रिनासहित उनका श्रीमान् अभिनेता विक्की कौशलले पनि इन्स्टाग्राममा पहिलो सन्तानको जन्मको जानकारी सार्वजनिक गरेका छन् ।
विवाहको चार वर्षपछि कट्रिना र विक्की आमाबाबु बनेका हुन् । इन्स्टाग्राममा उनीहरूले लेखेका छन्, “हाम्रो खुसीको सानो गुच्छा आइपुगेको छ । अपार माया र कृतज्ञताका साथ हामी हाम्रा छोरालाई स्वागत गर्दछौँ। नोभेम्बर ७, २०२५ । – क्याट्रिना र विक्की”
यसअघि गत सेप्टेम्बरमा कट्रिनाले आफ्नो र विक्की कौशलको बेबी बम्प समातेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् ।
कट्रिना र विक्कीको विवाह ९ डिसेम्बर २०२१ मा भएको थियो ।