© २०२३
नवलपरासी, २० कार्तिक ।
सिद्धार्थ गौतमले प्रबज्या लिई बोधिको खोजी शुभारम्भ गरेको जिल्लाको सुस्ता ५ ठाढीघाट (अनोमाघाट) मा कार्तिक पूर्णिमाको अवसरमा मेला आयोजना गरिएको छ । सिद्धार्थ गौतमले महाभिनिष्क्रमण लिइएको स्थान अनोमाघाटलाई प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना भएको हो ।
परापूर्व कालदेखि नै ठाढीघाट मेला लाग्दै आएको र स्थानीयले कुस्तीको आयोजना समेत गर्दै आएका स्थानमा अहिले बुद्ध तीर्थ स्थलको रूपमा पनि चिनाउने उद्देश्यले मेला आयोजना हुन थालेको स्थानीयले बताएका थिए ।
सिद्धार्थ गौतमको जन्म र गृह त्याग गरी आफ्ना राजसी पद परित्याग गरी प्रबज्या लिएर (बोधी) अर्थात् ज्ञानको खोजीमा निस्केका थिए । मेलामा भारत र नेपालका विभिन्न स्थानबाट पहलमानहरू भाग लिएको आयोजकले जनाएका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव सहितका जनप्रतिनिधिहरू तथा स्थानीय समाजसेवीहरूको उपस्थितिमा मेलाले सांस्कृतिक रूपमा मनाउँदै आएको ठाढीघाट मेला अहिले बौद्ध तीर्थ स्थलको रूपमा पनि विकास गरिँदै लगिएको स्थानीय मुन्सी हरिजनले बताएका थिए ।
गत असार महिनामा मात्रै नेपाल पर्यटन बोर्डले आफ्नो घोषणा मार्फत अनोमाघाटलाई प्रबज्या स्थल (महाभिनिष्क्रमण) स्थलको रूपमा राष्ट्रिय पहिचान दिएको छ । कार्तिक पूर्णिमामा बर्सेनि कुस्ती सहितका मेला लाग्ने गरेकोमा अहिले यसको महत्त्व झन् झन् बढ्दै जाँदा स्थानीय उत्साही भएको उनको भनाइ थियो ।
सुस्तामा अहिले नेपालकै लामो झुलगेँपुल र बौद्ध तीर्थ स्थलको रूपमा विकास हुँदै जाँदा दर्शनार्थीको सङ्ख्या बर्सेनि बढ्दै गएको उनको दाबी थियो । पर्यटन बोर्डले सुस्ता गाउँपालिकालाई यहीँ २०८२ साल असार १५ गते पत्राचार गर्दै उक्त स्थल बौद्ध मार्गीको एक महत्त्वपुर्ण तीर्थस्थल पर्यटकीय क्षेत्र भएको घोषणाबारे जानकारी गराएको थियो ।
तथा अनोमघाटलाई प्रबज्जा स्थल घोषण भएकोमा नेपाल पर्यटन बोर्ड बाट मान्यता सहित यस स्थानलाई धार्मिक पर्यटनको एक नयाँ गन्तव्य बारे जानकारी तथा छलफल हुँदै आएको छ । नेपाल विश्व माझ गौतम बुद्धको जन्मस्थलको रूपमा प्रचलित रहेको र भगवान् बुद्ध (सिद्धार्थ गौतम) र बौद्धधर्मावलम्बिहरूको लागि विशेष महत्त्व राख्ने स्थानहरूका लागि प्रसिद्ध भएकै कारण नेपाल बौद्ध धर्मावलम्बीहरूको लागि एक धार्मिक पर्यटकीय गन्तव्य रहँदै आएको छ ।
यस सन्दर्भमा अनोमा नदी (नारायणी नदी) को किनारमा अवस्थित लुम्बिनी प्रदेश नवलपरासी जिल्ला वडा नं. ५ पकलिहवा स्थित अनोमा घाट (ठाढी घाटलाई भगवान् सिद्धार्थ बुद्धको महाभिनिष्क्रमण स्थललाई अनोमा प्रबज्या स्थल घोषित भएकोमा स्थानीय उत्साही पनि भएका छन् ।