Butwal Today

उपत्यकामा परिचालित प्रहरीको विवरण आयोगमा, आजबाट बयान लिइने

२० कार्तिक २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, २० कार्तिक ।

जेनजी आन्दोलनका क्रममा काठमाडौँ उपत्यकामा परिचालित प्रहरी कर्मचारीहरूको विवरण जाँचबुझ आयोगमा पठाइएको छ ।

आयोगका सदस्य विज्ञानराज शर्माका अनुसार, प्रहरी प्रधान कार्यालयले काठमाडौँ उपत्यकामा खटिएका प्रहरीको विवरण आयोगमा उपलब्ध गराएको हो । बिहीबारदेखि फिल्डमा खटिएका प्रहरी कर्मचारीहरूको बयान लिन प्रक्रिया सुरु भएको छ ।

भदौ २३ मा नयाँबानेश्वर र माइतीघर क्षेत्रमा खटिएका प्रहरीको बयान लिइँदैछ ।

यसअघि आयोगले नख्खु कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान लिइसकेको छ ।