Butwal Today

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाद्वारा आज काठमाडौंमा प्रदर्शन

२० कार्तिक २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, २० कार्तिक ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज राजधानी काठमाडौंमा शक्ति प्रदर्शनसहित आमसभा आयोजना गर्दैछ ।

जेनजी आन्दोलनपश्चात् उत्पन्न राजनीतिक परिस्थिति र त्यससँग सम्बन्धित विभिन्न घटनाक्रमबारे पार्टीको धारणा आमजनतामाझ सार्वजनिक गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको नेकपाले जनाएको छ ।

कार्यक्रम दिउँसो १ बजे भृकुटीमण्डपमा सुरु हुने छ । आमसभालाई पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ स्वयं सम्बोधन गर्ने तयारी गरिएको छ ।

सभा अघि पार्टीले र्‍याली निकाल्ने योजना बनाएको छ । काठमाडौं उपत्यकासहित आसपासका जिल्लाबाट करिब १० हजार कार्यकर्ता सहभागिता जनाउने नेकपाको दाबी छ ।