© २०२३
काठमान्डौ, २० कार्तिक ।
विभिन्न वाम दल र समूहहरूको एकताबाट गठन भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ ।
एकता घोषणा सभाको भोलिपल्ट, बिहीबार पार्टीले औपचारिक रूपमा आयोगमा निवेदन पेस गरेको हो ।
साविक नेकपा माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी० लगायतका १० वाम घटकहरू मिलेर नवगठित पार्टी बनेको हो । पार्टीको चुनाव चिन्ह पाँचकुने तारा प्रस्ताव गरिएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाली कम्युनिस्ट पार्टीको दल दर्ता निवेदन प्राप्त भएको पुष्टि गरेका छन् ।
आयोगका अनुसार आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलहरूले यही ३० कात्तिकभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्नेछ ।
दलहरूबीचको एकताको प्रतिबद्धतापत्र, घोषणापत्र साथमा राखेर निवेदन दिएको नेता शिव खकुरेलले जानकारी दिए । उनका अनुसार दलको विधानलाई पूर्णता दिने कार्य भइरहेको छ ।