© २०२३
काठमान्डौ, २० कार्तिक ।
बिहारमा हुँदै गरेको विधानसभा निर्वाचनको प्रचार सभाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज अररिया आउने भएपछि नेपाल–भारत सीमाक्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।
अररियासँग सीमा जोडिएका मोरङ र सुनसरीका नाकामा दुवै देशका सुरक्षा निकायले सुरक्षा सतर्कता बढाएका हुन् । मोदीले आज दिउँसो अररियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यसूची रहेको भारतीय पक्षले जनाएको छ ।
मोरङका प्रहरी प्रमुख कविता कटवालले सीमाक्षेत्रमा सुरक्षाकर्मीलाई थप सतर्क बनाइएको जानकारी दिइन् । संभावित जोखिमलाई ध्यानमा राख्दै मोरङका नाकाहरूमा सवारीसाधन जाँच र आवतजावत नियमनमा कडाइ गरिएको उनले बताइन् ।
प्रहरी स्रोतका अनुसार भारतीय सुरक्षा निकायको अनुरोधमा मोरङ र सुनसरीका सीमाक्षेत्रमा निगरानी र चेकजाँच थप कडा पारिएको छ ।
बिहारका १८ जिल्लामा आज मतदान हुँदैछ भने मोरङ र सुनसरीसँग सीमा जोडिएका जिल्लाहरूमा नोभेम्बर ११ ९कार्तिक २५० मा मतदान हुने कार्यक्रम छ ।