Butwal Today

सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति ?

२० कार्तिक २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, २० कार्तिक ।

बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य पुनः वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला रु २ लाख ३७ हजार ८ सय रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा रु ६ सयले बढी हो । अघिल्लो दिन प्रतितोला रु २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि असोज ३१ गते सुनको मूल्य प्रतितोला रु २ लाख ५८ हजार रुपैयाँ पुग्दै हालसम्मको उच्चतम रेकर्ड कायम गरेको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला रु २ हजार ९९० रहेको चाँदी आज रु ३ हजार १० मा पुगेको छ, अर्थात् रु २० ले वृद्धि भएको हो ।

असोज ३१ गते चाँदीको मूल्य प्रतितोला रु ३ लाख ३५० पुगेर हालसम्मकै उच्च दरमा पुगेको थियो ।