© २०२३
काठमान्डौ, २० कार्तिक ।
पूर्वमन्त्री सुमना श्रेष्ठले नेपालमा वर्तमान राजनीतिक अवस्थालाई मध्यनजर गर्दै सामूहिक नेतृत्वको आवश्यकतालाई जोड दिएकी छन् ।
श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भनिन्, “राजनीतिक निकासबिना कुनै पनि आन्दोलन संस्थागत हुन सक्दैन भन्ने बुझाइ सबैमा भए पनि, पुराना दलहरूले सुध्रिएर निकास दिने आशा राख्नु मूर्खता हो ।”
उनका अनुसार, “पटक(पटक नेतृत्वमा पुगेर देशलाई निराशा बाहेक केही दिन नसकेकाहरू अहिले चुनावी समीकरण मिलाउनका लागि एकजुट हुँदै छन् ।” यसको विपरीत, परिवर्तन ल्याउने भनिएका शक्तिहरू भने नेतृत्व कसले लिने भन्ने विवादका कारण अझै छिन्नभिन्न छन् ।
उनले निकासका लागि एकल नेतृत्वबाट हटेर सामूहिक नेतृत्वको अवधारणामा जान सकिने सुझाव दिँदै प्रश्न गरेकी छन्स् ‘पार्टीलाई दिशा दिन एक नेता हैन एउटा परिषद् ९काउन्सिल अफ लिडर्स० बनाए कस्तो होला ?’
पूर्वमन्त्री श्रेष्ठले कुनै एक नायकको अनुहार अगाडि राख्नुको सट्टा विचार र कर्ममा स्पष्ट भएर जनताको मुद्दामा केन्द्रित हुनुपर्नेमा जोड दिएकी छन् ।
पूर्वमन्त्री श्रेष्ठको भनाइ छ, ‘हामीलाई अहिले चाहिएको मध्यमार्गी पथमा हिँडेर बजारलाई ठिक्क नियमनमा राखी समृद्धि ल्याउने सरकार हो ।’ उनले जनताको मुद्दा बोक्ने वैकल्पिक राजनीतिलाई मूलधारमा ल्याउने आन्दोलनको मर्म आत्मसात गर्न सबैलाई आग्रह गरेकी छन् ।