ट्रेंडिंग:

>> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे

कांग्रेस बैठकमा तीव्र बहस: ‘फागुनमा चुनाव नभए देश संकटमा’, जेनजीविरुद्ध प्रतिकार गर्नुपर्ने आवाज

२० कार्तिक २०८२, बिहीबार
२० कार्तिक २०८२, बिहीबार

काठमाडाैं ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बिहीबार सदस्यहरूले चुनाव, महाधिवेशन र नयाँ पुस्ताको भूमिकाबारे तीव्र बहस गरेका छन्। बैठकमा फागुन २१ गते निर्वाचन नहुँदा देश नै संकटमा पर्ने चेतावनीदेखि ‘जेनजी’ पुस्ताविरुद्ध प्रतिकार गर्नुपर्ने धारणा सम्मका विषयहरू उठेका थिए।

केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले भने, “फागुन २१ गते निर्वाचन नभए देश नै विघटन हुन्छ। अहिले कांग्रेसको प्राथमिकता महाधिवेशन होइन, चुनाव हुनुपर्छ।” उनले विशेष महाधिवेशनले पार्टीका समस्या समाधान गर्न नसक्ने दाबी गर्दै नेतृत्वको भूमिकाप्रति प्रश्न उठाए।

त्यसैगरी, केन्द्रीय सदस्य अजयकुमार चौरसियाले ‘जेनजीको महिमा गाउन छोड्नुपर्छ’ भन्दै उनीहरूको नाममा भइरहेका आन्दोलनविरुद्ध प्रतिकार गर्नुपर्ने बताए। “अन्तर्राष्ट्रिय शक्तिले जेनजीको नाममा आन्दोलन भड्काउँदा सम्पत्ति र नेताहरूका घरमा आगजनीसम्म भएको छ। त्यसैले अब जेनजीको महिमा होइन, प्रतिकार गर्नुपर्छ,” उनले भने।

बैठकमा सहमहामन्त्री महेन्द्र यादव र महामन्त्री गगन थापाबीच महाधिवेशनको मितिलाई लिएर मतभेद देखियो। केन्द्रीय सदस्य नागिना यादवले सहमहामन्त्री यादवको प्रस्ताव विधानअनुसार भएको बताइन्। उनले चेतावनी दिइन्, “यदि पार्टीले स्पष्ट अडान लिएन भने हामी अदालत जानेछौं।”

अन्य नेताहरूबीच पनि मतभेद स्पष्ट देखियो। केन्द्रीय सदस्य धना खतिवडाले चुनावअघि नै महाधिवेशन गर्नुपर्ने बताइन् भने अनिलकुमार रुँगटाले समय अभावका कारण चुनावपछि गर्न उपयुक्त हुने बताए। प्रदीपकुमार सुनुवार र एनपी साउदले भने निर्वाचन र महाधिवेशनको समय सन्तुलित ढंगले निर्धारण गर्नुपर्नेमा जोड दिए।

विनोद चौधरीले भने पार्टीमा नयाँ ऊर्जा, जोश र युवाको अनुहार देखाउन नसके चुनाव जित्न गाह्रो हुने चेतावनी दिए। “विदेशबाट फोनका आधारमा भोट खस्छ, हाम्रो भाषणले होइन। हामी नयाँ पुस्तालाई जोड्न सकेनौं भने कांग्रेस कमजोर बन्छ,” उनले भने।

त्यसैगरी, अर्जुननरसिंह केसीले नयाँ नेतृत्व विना चुनावमा गए पार्टीलाई ठूलो क्षति हुने बताए। उनले जोड दिए, “अघिल्लो महाधिवेशन हामीले ४० दिनको तयारीमै सम्पन्न गरेका थियौं। अहिले असाधारण परिस्थिति भन्दै ढिलो गर्न खोज्नु बहाना मात्र हो।”

बैठकमा अन्य सदस्यहरू—अर्जुननरसिंह केसी, एनपी साउद, मिनाक्षी झा, अमृत अर्याल, गेहेन्द्र गिरी, नैनसिंह महर, मोहन आचार्य, मञ्जुकुमारी यादव, सरस्वती अर्याल तिवारी र उर्मिला नेपाल केसी—ले पनि आफ्ना धारणा राखे।

यसैबीच, संस्थापन पक्षका केही नेताहरूले छुट्टै भेला गरी नियमित र विशेष महाधिवेशनका विवादले पार्टी कमजोर बन्ने भन्दै चुनावलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। उक्त भेलामा कोशी प्रदेश सभापति उद्धव थापा र भक्तपुर कांग्रेस सभापति दुर्लभ थापासहितका नेताहरू सहभागी थिए।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशनको माग अघि सारिरहेका बेला, उनीहरूले काउन्टर रूपमा चुनावमुखी अडान प्रस्तुत गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?