Butwal Today

भैरहवा भन्सार कार्यालयबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

२० कार्तिक २०८२, बिहीबार
अ+
अ-

बुटवल, २० कार्तिक ।

भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल रु २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ ।

भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेका अनुसार साउन महिनामा ९ अर्ब २ करोड ९४ लाख ३४ हजार रुपैयाँ, भदौमा ९ अर्ब ७० करोड ६३ लाख ९ हजार र असोजमा ९ अर्ब २८ करोड ६७ लाख २० हजार रुपैयाँ राजस्व सङ्कलन भएको हो ।

जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण क्षतिग्रस्त कार्यालयले केही समय त्रिपालमुनि बसेर सेवा प्रवाह गरेको थियो । हाल कार्यालयले पूर्ववत् रूपमा राजस्व सङ्कलन तथा सेवाप्रदाय सुचारु गरेको छ ।