Butwal Today

युवा संघले बालेन्द्र शाहविरुद्ध साइबर ब्यूरोमा उजुरी दर्ता गर्‍यो

२० कार्तिक २०८२, बिहीबार
अ+
अ-

 काठमाडौं, २० कात्तिक ।

नेकपा एमाले निकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध उजुरी दिएको छ । युवा संघका नेताहरू साइबर ब्युरो पुगेर बालेनविरुद्ध उजुरी दिएका हुन् ।

बालेन शाहले लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको भन्दै युवा संघले उजुरी दिएको हो ।

साइबर ब्यूरोका स्रोतका अनुसार बालेनविरुद्ध उजुरी परेको छ । यद्यपि उक्त उजुरी हाल दर्ताको प्रक्रियामा रहेको साइबर ब्यूरोका एक अधिकारीले जानकारी दिए ।

मेयर शाहले यही १६ कात्तिक मध्यराति आपत्तिजनक शब्दसहित स्टाटस लेखेका थिए । उनले उक्त स्टाटस केहीबेरमै आफ्नो पेजबाट हटाएका थिए ।