Butwal Today

एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा डिल्लीबजार कारागार चलान

१९ कार्तिक २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, १९ कार्तिक ।

नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पालाई काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार डिल्लीबजार कारागारमा थुनामा राख्न पठाइएको छ ।

पक्राउ परेका शेर्पालाई मंगलबार धुम्बाराहीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । बहुविवाहसम्बन्धी मुद्दामा अदालतले उनलाई १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।

अदालतको फैसला कार्यान्वयन गर्न उनलाई डिल्लीबजार कारागारमा चलान गरिएको हो ।