© २०२३
काठमान्डौ, १९ कार्तिक ।
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले राजनीतिमा संख्याले मात्र काम नहुने स्पष्ट पारेका छन् ।
एकता प्रक्रियामा नजाने र छुट्टै अभियान थाल्ने योजना सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा भूसालले यस्तो तर्क प्रस्तुत गरेका हुन् ।
संख्याले मात्र हुने भए कांग्रेस र एमालेको सरकार जेनजी आन्दोलनबाट ढल्नुपर्ने ढल्न नपर्ने उनको भनाइ थियो । ‘प्रधानमन्त्री भागेर गुन्डुमा लुकेर बस्नुपर्ने अवस्था छ । अनि तिनले ट्याउट्याउ गरेर हुन्छ,’ भूसालले भने, ‘तिनी र म उस्तै हो । बरु म चाहिँ बाटोमा हिँड्दैछु । त्यसले गर्दा ठूलो र सानो, बहुमत र अल्पमतले मात्र हुन्न ।’
भूसालले पार्टी विभाजनको समयमा संख्या र कित्ता हेरेर दौडमा नलाग्न पनि नेताहरूलाई आग्रह गरेका छन् ।