© 2026
बुटवल, १९ कार्तिक ।
सामाजिक र खेलकुद गतिविधिमा योगदान दिदै आएको राधाकृष्ण युवा क्लबले सास्कृतिक कार्यक्रम गरि मृगौला पिडित र अपाङ्गता भएकालाई आर्थिक सहयोग गरेको छ । क्लबको आयोजनामा मंगलबार सम्पन्न २० औ सास्कृतिक साझ २०८२ गरि बुटवल– ६ की सम्झना नेपाली, कमला थापा, कालिका दमाई र बुटवल –११ का आश बहादुर घर्तीसहित ४ जना मिर्गौला पीडितलाई नगद १५,००० तथा आपाङता भएकालाई ५ हजार रुपैया सहयोग हस्तान्तरण गरिएको क्लबका वरिष्ठ उपाध्यक्ष राजकुमार भटटराईले बताए ।
कार्यक्रमको एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले उद्घाटन गर्दै सामाजिक क्षेत्रमा क्लबका योगदानबारे प्रकाश पारिन ।
कार्यक्रममा नगरका प्रवक्ता शिव राना, वडा ५ का वडाअध्यक्ष हरि प्रसाद श्रेष्ठ, वडा नं ६ का वडाअध्यक्ष लोकनाथ न्यौपाने, बुटवल यातायात प्रालिका महासचिव दिपक श्रेष्ठले युवाहरु समुदाय लक्षित रचनात्मक काममा अग्रसर हुनुपर्ने सुझाव दिए ।
कार्यक्रममा क्लबका अध्यक्ष रीम बहादुर सारुले क्लबको वार्षिक कार्य अन्तरगत चाडपर्वको विशेष सास्कृतिक कार्यक्रमसगै सहयोग रकम हस्तान्तरण गरिएको बताए । कार्यक्रममा सुरज क्षेत्री (भ्योमा), स्थानिय कलाकारका साथै स्थानिय नेचर ब्याडको विशेष सास्कृतिक प्रस्तुति रहेको क्लबका सचिव शंकर परियारले बताए ।