© २०२३
काठमान्डौ, १९ कार्तिक ।
नेपाल नर्सिङ परिषद्ले कात्तिक १६ देखि १८ गतेसम्म सञ्चालन गरेको प्रविणता प्रमाणपत्र तह ९पीसीएल० नर्सिङको लाइसेन्स परीक्षामा मात्र १७ दशमलव ४४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
परिषद्का अनुसार उक्त परीक्षाका लागि ६४५ जनाले आवेदन फारम भरेका थिए, जसमध्ये ६०२ जना मात्र परीक्षामा सहभागी भएका थिए । सहभागी मध्ये १०५ जनाले मात्र लाइसेन्स परीक्षा पास गरेका छन् । यसअघि परिषद्ले गत असारमा सञ्चालन गरेको परीक्षामा पनि पीसीएल नर्सिङतर्फ १९ प्रतिशत मात्र उत्तीर्ण भएका थिए ।
त्यस्तै, यसपटकको बीएससी नर्सिङ परीक्षामा ४५ दशमलव ७१ प्रतिशत परीक्षार्थी सफल भएका छन् । कुल २१० जनामध्ये ९६ जनाले मात्र परीक्षा उत्तीर्ण गरेको परिषद्ले जनाएको छ । विशेषज्ञ नर्सका लागि आयोजित नामदर्ता परीक्षामा ५६ दशमलव १८ प्रतिशत मात्र सफल भएका छन् । उक्त परीक्षामा सहभागी ८९ जनामध्ये ५० जनाले मात्र सफलता हासिल गरेका हु न्।
यस्तै, ब्याचलर अफ मिडवाइफ्री (बीएमएस) को परीक्षामा भने शतप्रतिशत सफलता प्राप्त भएको छ । परीक्षाका लागि आवेदन दिएका २८ जनामध्ये २७ जना सहभागी भएका र सबै २७ जनाले परीक्षा पास गरेको परिषद्ले जनाएको छ ।