© २०२३
काठमाडौं, १९ कात्तिक ।
बुधबार सेयर बजार १२.१७ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६०७ मा कायम भएको छ ।
कारोबारका क्रममा अधिकांश समय नेप्से रातोमा रहे पनि २ बजेपछि उकालो लागेको थियो । नेप्से बढे पनि कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ५ अर्ब १५ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको छ ।
आज १४९ कम्पनीको मूल्य बढ्दा ९० कम्पनीको मूल्य घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ । यस दिन अधिकांश समूहका सूचक बढेका छन् । फाइनान्स समूह सबैभन्दा धेरै ३.४१ प्रतिशतले बढेको छ ।
अन्य समूहका सूचक यस प्रकारले बढेका छन्: बैंकिङ ०.५६ प्रतिशत, विकास बैंक ०.०८ प्रतिशत, हाइड्रोपावर ०.३९ प्रतिशत, लगानी ०.६६ प्रतिशत, जीवन बीमा ०.४० प्रतिशत, उत्पादन तथा प्रशोधन ०.६३ प्रतिशत, माइक्रोफाइनान्स ०.२२ प्रतिशत, निर्जीवन बीमा ०.२१ प्रतिशत, अन्य ०.४४ प्रतिशत, व्यापार ०.४२ प्रतिशत ।
तर होटल तथा पर्यटन समूह ०.४५ प्रतिशतले घटेको छ ।
आज मूल्य बढाउने कम्पनीहरूमा माबिलुङ इनर्जी र उन्नति सहकार्य लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ । नेपाल फाइनान्स ८.७६ प्रतिशत, सम्पदा लघुवित्त ६.०६ प्रतिशत, र माहुली लघुवित्त ५.१५ प्रतिशतले बढेका छन् ।
त्यस्तै मूल्य घटाउने कम्पनीमा फर्स्ट माइक्रोफाइनान्स सबैभन्दा धेरै ७.४८ प्रतिशतले घटेको छ । अभियान लघुवित्त ४.६७ प्रतिशत र विन्ध्यबासिनी हाइड्रोपावरको सेयर मूल्य ४.०८ प्रतिशतले घटेको छ ।
आज धेरै कारोबार भएका कम्पनीहरूमा युनियन हाइड्रोपावर, हिमालयन डिस्टिलरी, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर र शिवम् सिमेन्ट रहेका छन् ।