Butwal Today

नेपाली कम्युनिस्ट पार्टीहरूको एकता सम्मेलन काठमाडौँमा सुरु

१९ कार्तिक २०८२, बुधबार
अ+
अ-

समाचार सारांशमा


  • नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ ।

  • सम्मेलनको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) ले गरिरहेको छ ।

  • १० वटा कम्युनिस्ट पार्टीहरू एकीकृत भई सम्मेलनमा सहभागी भएका छन् ।


काठमाडौँ ।

नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन सुरु भएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा एकीकृत भएका १० वटा कम्युनिस्ट पार्टीहरू सहभागी रहेको सो सम्मेलन बुधबार काठमाडौँमा सुरु भएको हो ।

सम्मेलनको उद्घाटन पार्टीका शीर्ष नेताहरू दाहाल, माधवकुमार नेपाल लगायत सबै घटकका नेताहरूले संयुक्त रूपमा रिमोट थिचेर गरेका छन् । सम्मेलनलाई शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी नेता वर्षमान पुनले दिएका छन् ।

यस सम्मेलनमा पार्टीको विधान तयार गर्ने, केन्द्रीय कमिटी गठन गर्ने, र निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक निर्णय गर्ने एजेन्डा तय गरिएको छ ।