ट्रेंडिंग:

>> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै

विदेशमा नेपालीमाथि असुरक्षाको चिन्ता 

१९ कार्तिक २०८२, बुधबार
१९ कार्तिक २०८२, बुधबार

विदेश जाने लहरसँगै विदेशमै मृत्यु हुने नेपालीको सङ्ख्यामा भारी वृद्धि हुँदै गएको छ ।

पछिल्लो समय नेपालीको श्रम गन्तव्य विश्वका अधिकांश मुलुक बनिरहँदा असुरक्षा लगायतका विविध कारण नेपालीले ज्यान गुमाउन बाध्य भइरहेका छन् । सरकारले विप्रेषणका कारण मुलुकको अर्थव्यवस्था टिकिरहेको भनिरहँदा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा ३७९ युवाले ज्यान गुमाएका छन् ।

यो सङ्ख्या चालु आव साउन, भदौ र असोज तीन महिनाको अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको सङ्ख्या अझै धेरै रहेको कुराले चिन्ता थपिएको छ ।

अर्को चिन्ताको कुरा के छ भने तीन महिनाको अवधिमा विदेशका लागि श्रम स्वीकृति लिनेहरूको सङ्ख्या दुई लाख बढी पुगेको छ । यो सङ्ख्याले यस्तो लाग्छ– अव नेपाल युवाविहीन बन्दै छ ।

त्यसै पनि मासिक ७० देखि ८० हजार नेपाली युवाले श्रम स्वीकृति लिएर मुलुक छोडिरहेको अवस्थाले मुलुकमा बस्ने वातावरण छैन कि भन्ने चिन्ताको अवस्था उत्पन्न भएको छ । त्यसमाथि अर्को चिन्ता विदेशमा मृत्यु हुने नेपालीको सङ्ख्या बढिरहेको अवस्थाले उत्पन्न गरिरहेको छ ।

वैदेशिक रोजगार बोर्डले श्रम स्वीकृति लिएर गएका नेपाली श्रमिकको मृत्यु भएमा श्रमिकका परिवारले प्रतिमृतक श्रमिक बराबर १० लाख रुपियाँ आर्थिक सहायता दिँदै आएको छ । बोर्डका अनुसार आव २०६५/६६ साउनदेखि चालु आवको असोजसम्म विदेशमा १५ हजार २४१ जनाले ज्यान गुमाएका छन् ।

यो सङ्ख्या बोर्डको सचिवालयबाट आर्थिक सहायता रकम लिनेको मात्रै हो । यस अवधिमा मलेसियामा सबैभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् ।

गम्भीर चिन्ताको कुरा के हो भने चालु आवको तीन महिनामा दुई लाख १० हजार युवा वैदेशिक रोजगारीमा जाँदा ३७९ नेपाली श्रमिकको विदेशी भूमिमा मृत्यु भएको छ । यो कुरालाई सामान्य मान्न सकिँदैन । रोजगारीका लागि विदेश जाने १८ देखि ४५ वर्ष उमेर समूहको मृत्युदरलाई आधार मानेर नेपालमा सोही उमेर समूहका कति युवाको मृत्यु हुने गरेको छ भन्ने अध्ययन भएको छैन ।

नेपालमा रहँदा सो उमेर समूहमा हुने मृत्यु र विदेशमा हुने मृत्युको अध्ययन हुन सके विदेशमा हुने मृत्युको कारण र स्वास्थ्य परीक्षण मापदण्डका सम्बन्धमा जानकारी हुन सक्ने विज्ञले बताउँदै आएका छन् । हाल विदेशमा मृत्यु भएका श्रमिकको तथ्याङ्क स्वाभाविक नभएको अवस्था छ ।

यसले नेपालीहरू विदेशमा असुरक्षित जीवन बिताइरहेको प्रतीत हुन्छ । वैदेशिक रोजगारीका क्रममा अधिकांश मृत्युको कारण कार्यस्थलको दुर्घटना र सडक दुर्घटना हुने गरेको छ । कतिपय नेपालीले सुतेकै ठाउँमा विविध कारणले मृत्युवरण गर्ने गरेका छन् ।

मृत्यु हुनेमध्ये अधिकांश सडक दुर्घटना, प्राकृतिक मृत्यु, कार्डियाक अरेस्ट र आत्महत्याको ठुलो सङ्ख्या छ । वैदेशिक रोजगारीमा जाने नेपाली र त्यहाँ मृत्यु हुनेको सङ्ख्या लामो समयदेखि घट्न नसक्नु चिन्ताको कुरा हो । युवा पुस्ताको पहिलो रोजाई विदेश बन्दै गएको छ ।

युवाहरू नेपालमा बस्नै चाहँदैनन् । नेपालको अव्यवस्था र अस्थिरता लगायत अन्य दर्जनौँ कारणले नेपाली युवाहरू नेपालको साटो विदेशलाई नै गन्तव्य बनाइरहेका छन् । विदेश गएर फर्केपछि देशमै केही गरौँ भन्ने चाहना भएका कैयन् युवा पनि अवसरको खोजीमा नेपालमा केही सम्भावना नदेखेपछि पलायन हुन बाध्य भएको बताउने गरेका छन् ।

युवाहरूलाई वैदेशिक रोजगारीको विकल्प दिन अब ढिला भइसकेको छ । वैदेशिक रोजगारीका कारण मुलुकले विप्रेषण पाउने गरे पनि यसको सामाजिक मूल्य धेरै छ । वैदेशिक रोजगारीमा गएका परिवार सदस्यबिचको बिछोड धेरै पीडादायी छ ।

त्यो पीडाबाट जोगाउन पनि यहीँ रोजगारीको अवसर खुल्नुपर्छ । तर, नेपालमा तत्काल त्यो सम्भावना देखिँदैन । न त युवाहरू नेपालमै रोजगारीको सम्भावना देख्छन् । देशमै कुनै विकल्प नपाउँदा विदेश जानु स्वाभाविक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?