© २०२३
काठमान्डौ, १९ कार्तिक ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत बुधबार हुने खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा हुने खेलका लागि यूएईले टस जित्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । खेल नेपाली समय अनुसार बिहान ११ : १५ बजे सुरू हुनेछ ।
जारी त्रिदेशीय शृंखलाको यो अन्तिम खेल हो, जसमा नेपाल र यूएई दुवै आफ्नो चौथो तथा अन्तिम खेल खेल्दै छन् । यसअघि अमेरिकाले उत्कृष्ट प्रदर्शन गर्दै चारवटै खेलमा विजयी बनेको छ ।
आयोजक यूएईले पनि एक खेल जितेको छ भने नेपाली टोली यसअघि खेलिएको तीनवटै खेलमा पराजित भएको छ । त्यसैले बुधबारको खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ ।