© २०२३
काठमाडौँ ।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित नौ वटा वामपन्थी दलबिच आज औपचारिक रूपमा एकता घोषणा हुने भएको छ ।
माओवादी केन्द्रका नेता अग्नि सापकोटाका अनुसार, यसअघि एकताका लागि सहमति पत्रमा हस्ताक्षर गरेका नौ दलबिच आज दिउँसो १ बजे काठमाडौँको भृकुटीमण्डपमा एकता घोषणा कार्यक्रम आयोजना गरिएको छ ।
एकीकृत दलको नाम “नेपाली कम्युनिस्ट पार्टी” रहने र चुनाव चिन्ह पाँच कुने तारा तय भएको बताइएको छ । यसअघि हिजो नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको थियो ।
तर, यो एकताको विरोध माओवादी केन्द्रभित्रबाट भएको छ । नेता जनार्दन शर्मा समूहले एकताको विरोध गर्दै छुट्टै अभियान घोषणा गरिसकेको छ । त्यस्तै, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पनि एकता प्रक्रियामा सहभागी नहुने भएका छन् ।
यसैबीच, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावल सहित दुबै पार्टीमा असन्तुष्ट रहेका नेताहरूमाझ पनि सहकार्य र एकता कायम गर्ने प्रयास भइरहेको बताएका छन् ।