ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

फिल्मी शैलीमा हत्या प्रयास गर्ने पक्राउ

१९ कार्तिक २०८२, बुधबार
१९ कार्तिक २०८२, बुधबार

कपिलवस्तु, १९ कार्तिक ।

भारतीय महिलालाई नेपाल ल्याएर फिल्मी शैलीमा हत्याको प्रयास गरेका भारतीय सञ्चारकर्मी बताउने एक व्यक्तिलाई कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अर्का आरोपी फरार छन् ।

प्रहरीले भारतको जिल्ला सिद्धार्थनगर थाना चिलिहा डुमररिया ग्राम बस्ने भारतीय सञ्चारकर्मी बताउने अन्दाजी ३५ वर्षीय हफिजुल्लाह मुसलमानलाई नियन्त्रणमा लिएको हो ।

घटना पछि फरार रहेका भारत सिद्धार्थनगरको जोगिया उदयपुर बस्ने ४० वर्षीय अर्का भारतीय किलर सँग मिलेर भारत जिल्ला सिद्धार्थनगर थाना सिद्धार्थनगर पञ्चायत गोप्लापुर स्थायी घर भई देश भारत जिल्ला सिद्धार्थनगर थाना नौगढ खजुरिया ग्राममा डेरा गरी बस्ने बर्ष ३० की महिलाको हत्या गर्न प्रयास गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

कार्तिक १५ गते साँझ कपिलवस्तु नगरपालिका वडा नम्बर ४ लौसामा भारतीय नम्बरको युपी ५५ एबी ६९६९ को कार भित्र डोरीले घाटीमा पासो लगाएर हत्या प्रयास गरेको आरोपमा निजलाई नियन्त्रणमा लिइएको कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।

नियन्त्रणमा लिइएका आरोपी सँग प्रहरीले फ्रेण्डस टाईम्सको सहकार्य सम्पादकको परिचयपत्र, एफटी न्युज र अबध न्युज २४ को बुम, हत्या प्रयास गरिएको नाइलनको डोरी, घाटीमा बाँधिएको रगत लागेको सेतो सल सहितका सामग्री फेला पारेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका आरोपी भारतीय सञ्चार माध्यममा कार्यरत हुन सक्ने देखिएको छ । अनुसन्धानका क्रममा प्रतिवादी मुसलमान र पीडित महिला ३ वर्षदेखि लिभिङ टुगेदरमा रहेको खुल्न आएको छ ।

निज प्रतिवादी ले यसै बर्षको असोज ३१ गते पीडित महिलालाई लिएर बुटवल घुम्न आएर फर्किने क्रममा पीडितले हफिजुल्लाहको मोबाइलबाट उनकी श्रीमतीको नम्बरमा फोटो भिडियो पठाएपछि दुवै जना बिच मनमुटाब सुरु भएको देखिएको छ ।

सो पश्चात् तनावमा रहेका हफिजुल्लाहले सिद्धार्थनगरकै जोगिया उदयपुर बस्ने ४० वर्षीय फरार आरोपी सँग मिलेर हत्या योजना बनाई १ लाख रुपैयाँ सुपारी दिएको देखिएको छ । हत्या योजना अनुसार पीडितलाई कोट म्यारिजको प्रलोभन पारी खुनुवा नाका हुँदै कपिलवस्तु ल्याई पैसा लिन भन्दै चन्द्रौटा पुगेको देखिएको छ ।

चन्द्रौटामा नाइलनको डोरी र सुपारी बापतको पैसा फरार आरोपीलाई बुझाएपछि हुलाकी सडक हुँदै लौसामा ल्याएर हत्या गर्ने योजना बनाएको देखिएको छ । योजना अनुसार लौसामा पुगेको पछाडि सिटमा रहेका फरार आरोपीले पीडित महिलाको घाँटीमा पासो लगाएर मार्ने प्रयास गरेपछि निज पीडितले प्रतिकार गर्दा कार अनियन्त्रित भएको थियो ।

अनियन्त्रित कार विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ४९५० नम्बरको ट्रकको पछाडिको चक्कामा ठोक्किएर चल्न नसकेपछि पीडितले हार गुहार गर्न सफल भएको देखिएको छ । सो पश्चात् ट्रकका चालक र सहचालकले हफिजुल्लाहलाई नियन्त्रणमा लिएका थिए ।

घटनाका प्रतिवादी हफिजुल्लाहलाई कपिलवस्तु अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको उपरीक्षक आचार्यले बताए ।
घटनाले विभिन्न सञ्चार माध्यमको परिचयपत्र प्रयोग गरी सोही आधारमा हुन सक्ने अपराध तर्फ सबै सजग हुनुपर्ने देखिएको प्रहरीको ठम्याई छ ।

यसैबिच कपिलवस्तु प्रहरीले जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ८ कुवा गाउँबाट ७९ दशमलव ६४ ग्राम लागू औषध खैरो हेरोइन सहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको पत्रकार सम्मेलन मार्फत जनाएको छ ।

कार्तिक १४ गते साँझ विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले युपी ५५ वाई ०६३८ नम्बरको पल्सरमा सवार भारतीय नागरिक विनोद कुमार निसाद र शिवरतनलाई सो परिमाणको खैरो हेरोइन र तौल गर्न प्रयोग हुने डिजिटल तराजु सहित नियन्त्रणमा लिइएको उपरीक्षक आचार्यले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?