© २०२३
काठमाडौं, १९ कात्तिक ।
नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेनजीहरूलाई हातेमालो गरेर अघि बढ्न अपिल गरेका छन् । बुधबार कम्युनिस्ट पार्टी एकता घोषणा सभामा बोल्दै उनले यस्तो अपिल गरेका हुन् ।
आजै मात्र एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा जेनजी युवाहरूलाई पार्टीमा प्रवेश गराएको उल्लेख गर्दै उनले अरुलाई पनि पार्टीमा आउन भनेका छन् ।
“आजमात्रै जेनजी पुस्ताका वार्तामा रहेकाहरूमध्ये युवाहरूलाई पार्टीमा प्रवेश गराएका छौं । अरु जेनजी साथीहरूलाई पनि भन्न चाहन्छु, आउनुस्, हामीसँग हातेमालो गर्दै अघि बढ्नुस्,” उनले भने ।
सुशासनको पक्षमा, भ्रष्टाचारको अन्त्य, र समाजवादको दिशामा अघि बढ्नका लागि हातमा हात मिलाएर अघि बढ्न उनले आग्रह गरेका छन् ।
“सुशासनको पक्षमा होस् वा भ्रष्टाचार नियन्त्रणको हुरा होस् । समाजवादको दिशामा अघि बढ्ने कुरा होस् । समाजमा रहेका विकृति र विसंगतिका विरुद्धमा जुध्ने कुरा होस् । यी सबै कुरामा तपाईंहरूसँग हामी हातमा हात मिलाएर अघि बढ्न चाहन्छौं,” अध्यक्ष नेपालले भने ।