Butwal Today

झलनाथ भन्छन् – अब कहिल्यै नफुट्ने संकल्प गरौं

१९ कार्तिक २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, १९ कार्तिक ।

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा अब कहिल्यै नफुट्ने प्रतिबद्धतासहित अघि बढ्न सबैलाई आग्रह गरेका छन् । सभामा खनालले भने, “यहाँ आज एकताका लागि जम्मा भएका सबै घटकहरूलाई भन्न चाहन्छु, अब हामी कहिल्यै फुट्ने छैनौं। यो संकल्पका साथ अघि बढौं ।”

उनले कम्युनिस्ट एकताको ऐतिहासिक सन्दर्भ स्मरण गर्दै अघिल्लो एकतामा केही पार्टीहरू छुटेको भए पनि अहिले नयाँ दृष्टिकोण र दृढताका साथ अघि बढ्नुपर्ने जोड दिएका छन् । उनले भने, “यो भन्दा अगाडि पनि हामीले एकता त गर्‍यौं नि कमरेडहरू । तर ‘ए’ बेग्लै भयो, ‘कता’ कता भयो। अरु हामी यहाँ जम्मा भएका पार्टीभन्दा बाहिर थुप्रै पार्टी छन् । म उहाँहरूलाई पनि भन्न चाहन्छु, नयाँ ढंगले सोचौं ।”

साथै, खनालले कम्युनिस्टहरूबीच आपसी आरोप–प्रत्यारोप नगर्न र सौहार्दपूर्ण सहकार्य गर्न पनि सबैलाई आग्रह गरे ।