© २०२३
काठमाडौं, १९ कात्तिक ।
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल पनि नेकपा (माओवादी केन्द्र) सहितका कम्युनिस्ट घटकहरूको एकता घोषणा सभामा सहभागी भएका छन् ।
काठमाडौंको भृकुटिमण्डपमा केहीबेर अघिदेखि विभिन्न कम्युनिस्ट घटकहरूबीच एकता घोषणा कार्यक्रम भइरहेको छ । सो कार्यक्रममा नेता खनाल पनि उपस्थित भएका हुन् ।
खनालले यसअघि पार्टीले माओवादी केन्द्रसहितका घटकहरूसँग एकता गर्ने निर्णयमा आपत्ति जनाएका थिए । उनले नयाँ दल दर्ता गर्ने घोषणा गरेका थिए, तर अन्ततः प्रचण्ड–माधव नेतृत्वको एकतामा सहभागी हुन पुगेका छन् ।
यसअघि उनी हिजो मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका थिए ।