ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

एकीकृत समाजवादी अब ‘एकीकृत’ रहेन, पार्टी ३ टुक्रामा विभाजन

१९ कार्तिक २०८२, बुधबार
१९ कार्तिक २०८२, बुधबार

काठमाडौँ ।

नेकपा एमालेबाट विद्रोह गर्दै चार वर्ष अघि गठन भएको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी अब ‘एकीकृत’ नरहने भएको छ । पार्टी तीन टुक्रामा विभाजन भएको छ ।

अध्यक्ष नेपाल अर्थात् बहुमत नेताहरू माओवादी केन्द्रसहितका १० वाम घटकसँग पार्टी एकता प्रक्रियामा सहभागी भएसँगै पार्टी विभाजित बन्न पुगेको हो ।

अध्यक्ष माधवकुमार नेपालसहित बहुमत नेताहरू नवगठित ‘नेपाली कम्युनिस्ट पार्टी’मा सामेल भएका छन् । अध्यक्ष नेपालसँगै सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा लगायतका नेता पनि एकता प्रक्रियामा सामेल भएका छन् ।

महासचिव घनश्याम भुसालले भने नेकपा एकीकृत समाजवादीलाई नै पुनर्गठन गरेर क्रान्तिकारी पार्टी निर्माण गर्ने अभियान चलाउने घोषणा गरेका छन् । भुसाललाई वरिष्ठ नेता घनेन्द्र बस्नेत, नेताहरू विजय पौडेल, जीवनराम श्रेष्ठ तथा दामोदर अर्याललगायतले साथ दिएका छन् ।

भुसाल पक्षले बुधबार पत्रकार सम्मेलन गरी क्रान्तिकारी पार्टी निर्माण गर्ने भन्दै आगामी मङ्सिरमा राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेका छन् ।

तेस्रो समूहको नेतृत्व नेतृ रामकुमारी झाँक्रीले गर्ने भएकी छन् । झाँक्री समूह अहिले कतै नगए पनि एमालेमै फर्कने सम्भावना बढी रहेको उनीहरूका अभिव्यक्तिले देखाएका छन् ।

२०७८ सालमा एमाले विभाजन गरेर नयाँ पार्टी गठन गर्न माधव नेपाललाई बलियो साथ दिएकी नेतृ झाँक्रीले बुधबार पत्रकार सम्मेलन गरेर एकीकृत समाजवादीसँगको यात्रा टुङ्गिएको घोषणा गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?