© २०२३
काठमान्डौ, १९ कार्तिक ।
बुधबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनको कारोबार मूल्य प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन यो मूल्य २ लाख ३८ हजार ३ सय रुपैयाँ थियो ।
लगातार घट्दै आएको सुनको मूल्य अघिल्लो दिन पनि प्रतितोला १४ सय रुपैयाँले ओरालो लागेको थियो । यसरी दुई दिनमा सुन प्रतितोला २५ सय रुपैयाँले सस्तो भएको छ ।
असोज ३१ गते प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा पुगेको रेकर्ड मूल्यबाट हालसम्म सुनको मूल्य २० हजार ८ सय रुपैयाँले घटिसकेको छ ।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बुधबार चाँदी प्रतितोला २५ रुपैयाँले घट्दै २ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन यो मूल्य ३ हजार १५ रुपैयाँ थियो ।
असोज ३१ गते प्रतितोला ३ हजार ३५० रुपैयाँको रेकर्ड बनाएको चाँदी अहिलेसम्म ३६० रुपैयाँले सस्तो भइसकेको छ ।