ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

सीमा क्षेत्रमा माछा तस्करी रोक्न किसानको माग

१९ कार्तिक २०८२, बुधबार
१९ कार्तिक २०८२, बुधबार

नवलपरासी, १९ कार्तिक ।

सीमा क्षेत्रबाट हुने भारतीय माछा तस्करी रोक्नुपर्ने माग माछा किसानले गरेका छन् । नियमन निकायकै मिलोमतोमा तस्करी भई रहेको आरोप लगाउँदै तस्करी रोकिनुपर्ने माग माछा किसानले गरेका हुन् ।

मंगलवार जिल्लाका माछा उत्पादक किसानले प्रमुख जिल्ला अधिकारी(प्रजिअ) लाई ध्यानाकर्षण गराएको तर भिडभाड भएको भन्दै कर्मचारीले भोलीपल्ट मात्र आउन भनेको जानकारी पाए पछि किसानहरूले गुनासो गर्दै फर्केका थिए ।

सीमा क्षेत्रका प्रहरीहरूकै मिलोमतोमा खुलेआम भारतीय माछा नेपाल आउने गरेको आरोप उनीहरूको रहेको थियो । फोन मार्फत जनताका समस्याबारे सुनुवाइ गर्न थालेको सुनेर किसानहरूले तस्करी कार्य रोक्नका लागि हालै सरुवा भई आएका जिल्लामा प्रजिअ कृष्ण प्रसाद लम्साललाई ध्यानाकर्षण गराउन आएका थिए ।

तस्करीबारे स्थानीय प्रहरीलाई जानकारी गराउँदा प्रहरी नै तस्करलाई जानकारी गराइ दिइने कार्य गरेको प्रतापपुरका स्थानीय निवास यादवले बताए । तस्करी रोक्ने निकायले नै तस्करी प्रोत्साहित गर्छन् भन्ने नेपालका किसानले के गर्ने ?

सोमवार राती नै ट्याक्टर मै माछा भित्राएको दाबी गर्दै उनले भने, त्यसबारे प्रहरीलाई जानकारी गराउँदा प्रहरीले नै सूचना गरी भगाई दिएको उनको आरोप थियो । तीन महिना बासी माछा भएको पुष्टि प्रयोगशाला परीक्षण तथा पोस्टमार्टम रिपोर्टले देखाएको माछा उत्पादक किसानले बताएका छन् ।

रसायनयुक्त माछा सस्तोमा नेपाल भित्राउँदा नेपाली किसानलाई मर्कामा मात्रै पारेको छैन, अहिलेको पोष्टमार्फत रिपोर्टले नेपाली उपभोगक्तालाई समेत रसायनयुक्त गुणस्तर हीन माछा खुवाएर जनस्वास्थ्यमा असर पाने गरेको माछा किसानले बताएका थिए ।

काठमाडौँको कालीमाटी बजारलाई नै कब्जामा भारतीय माछा बिक्री वितरण हुँदै आएको प्रतापपुरका माछा पालक किसान भवानी शङ्कर यादवले बताए । उनका अनुसार स्थानीय केही माछा पालक किसानहरूको फर्मको नाउमा अनलाइन विलिगँ (भिसिटिसी) गरेर पठाउने गरेका छन् ।

५ कट्ठा पोखरी रहेको फर्मले २ करोड भन्दा बढीको भिसिटिएस गरेका छन् । प्रहरी मात्रै नभई राजस्व अनुसन्धान कार्यालयको समेत मिलोमतो देखिन्छ । माछा तस्करीमा घरेलु तथा साना उद्योग कार्यालय, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, क्वारेनटाइन तथा भन्सार कर्मचारी सबैलाई जानकारी भए पनि एकले आर्कालाई देखाउँदै आएका छन् ।

कालिमाटी बजारमा नै नेपाली किसानको माछा त्यहाँ छिर्न नपाउने, बजारमा तिन महिनासम्मको पुरानो रसायनयुक्त माछाले बजारले नेपाली किसानलाई प्रभावित बनाएको छ । भारतीय माछा तस्करी र आयातमा रोक लगाउनु पर्ने माग गर्दै बढेको गुनासो स्थानीय किसानले गर्न थालेको भए पनि सरोकारवालाले त्यस प्रति चासो नलिएको उनको आरोप थियो ।

भारतीय माछा खुलेआम नेपाल भित्रिने क्रम बढ्दा नेपाली माछा पालक किसानमा मर्कामा परेका हुन् । सीमा क्षेत्रमा माछा तस्करी रोकिएन,उनले गुनासो गरे, यसमा सीमावर्ती प्रहरी र पशु क्वारेन्टाईनका कर्मचारीको समेत सह र सहयोग रहेको हुँदा तस्करी नरोकिएको उनको आरोप थियो ।

माछा स्वस्थ छन्, भन्ने आधार प्रमाण केही हुदैन्, उनले भने, क्वारेन्टाईनका कर्मचारीलाई मिलाएर माछा तस्करहरू पैठारी रसिद तथा जाँच पासको रसिद नै लिएर घुम्ने गरेका छन् ।

माछा तस्करी नरोकिएसम्म नेपाली किसानको लगानी नै डुब्ने अवस्था आएको उनले सुनाए । प्रतापपुर गाउँपालिकाको सेमरीमा माछा फर्म समेत सञ्चालन गर्दै आएका अध्यक्ष यादवले आफ्नो पोखरीमा बैखी लगायतका विभिन्न माछाहरू हुर्किसकेका छन् ।

तस्करीका कारण भारतीय माछाको बजार मूल्य सस्तो छ, उनले भने, हाम्रो लगानी अनुसारको मूल्य प्रतिस्पर्धा गर्न समस्या देखिएको छ । उपभोगक्ताई पनि भ्रममा पार्ने र किसानलाई पनि डुबाउने गरी भइरहेको तस्करीबारे आफूले कृषि तथा पशुपक्षी मन्त्रालयसम्म आवाज उठाएको तर कुनै सुनवाइ भएको छैन ।

नेपाल सरकारले नेपाली किसानलाई प्रोत्साहित गर्न भारत जस्तो अनुदान प्राविधिक सहयोग छ गर्न सकेको छैन उनले दुखेसो पोखे जनस्वास्थ्यमा असर पर्ने भारतीय माछा नरोकिदिएर आम उपभोगक्तालाई पनि चुनौती दिएका छन् ।

आफ्नो पोखरीमा १०० मे.ट.माछा बिक्री योग्य छन्, उनले भने, तर लागत मात्र निस्कने गरी बजारको प्रतीक्षा गर्दा दाना लागत बढेर घाटा बेहोर्नु पर्ने अवस्था आएको छ ।

माछा बिक्री हुन नसक्दा दैनिक ३० बोरा दाना खुवाउँदै पाल्न परेको छ । पोखरीको माछा बचाउँदै हालसम्म १ करोड बराबरको दाना खुवाई सकियो, उनले थपे, तर भारतीय माछा नेपाली बजारमा नरोकिँदा लागत उठाउने अवस्थाको प्रतीक्षामा छौँ ।

माछाको प्रति केजी मूल्य ढाई सय हुँदा पनि लागत निकाल्न गाह्रो छ, त्यसमा भारतीय माछाको मूल्य त्यो भन्दा सस्तो हुन थालेको छ । यसले नेपाली माछा किसान निरुत्साहित हुने अवस्था देखिएको छ ।

आफ्नो मात्रै करिब डेढ करोडका माछा पोखरीमा रहेका छन्, अन्य किसानका करोडौँ  माछा पोखरीमा रहेका छन्, तर भारतीय माछाले माछा बजार सस्तो हुँदा घाटा हुने अवस्था देखिएको सुनाउँदै उनले भने, भारतबाट अर्बाैको माछा भित्रिने अवस्था छ ।

यसले नेपाली माछा पालनलाई चुनौती थपेको छ । नेपाली माछा र भारतीय माछामा ठुलो मूल्य अन्तर छ, यसले गर्दा नाफाको केही अंश तस्करहरूले खर्चेर नियमनकारी निकायलाई प्रभावमा पारेका छन् ।

जिल्लामा बेला बेला बैठकमा त छलफल हुन्छ, उनले भने, तर सिम क्षेत्रको माछा तथा पशुजन्य सामग्रीको चोरी तस्करी तथा पैठारी जस्ता चुनौतीबारे निकासका लागि प्रहरी र क्वारेन्टाईनको इमानदारिता नभएसम्म समस्या हल होला भन्ने लाग्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?