Butwal Today

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरु

१९ कार्तिक २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, १९ कार्तिक ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पार्टी केन्द्रीय कार्यालय, सानेपामा सुरु भएको छ ।

बैठकमा हिजो महामन्त्री गगन थापा र सहमहामन्त्री महेन्द्र यादवले पेस गरेका महाधिवेशन कार्यतालिकाबारे केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन् ।

महामन्त्री गगन थापाले आगामी पुस १६ गतेदेखि १९ गतेसम्म महाधिवेशन आयोजना गर्नुपर्ने कार्यतालिका प्रस्तुत गरेका छन् भने सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन् ।

केन्द्रीय सदस्यहरूले दुबै प्रस्तावबारे छलफल गर्दै पार्टी भित्र सहमति खोज्ने प्रक्रिया अघि बढाइरहेका छन् ।