© २०२३
काठमाडौँ ।
नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपात हुने सम्भावना रहेको छ । बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षासहित हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।
आज राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपात हुने सम्भावना रहेको छ । बाँकी पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।