© २०२३
काठमान्डौ, १८ कार्तिक ।
जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीका घटनाको छानबिन गर्न सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा जाहेरी दिएका छन् ।
जाहेरी जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा दर्ता भएको छ । परिसरका एसएसपी रमेश थापाका अनुसार, “अदालतका तर्फबाट जाहेरी आएको छ । अब अनुसन्धान अघि बढ्नेछ ।”
प्रहरीले जाहेरी पाउँसंगै अदालतमा भएको तोडफोड र आगजनी घटनामा संलग्न व्यक्तिहरूको खोजी सुरु गरेको छ । उनका अनुसार, अनुसन्धानको क्रममा उनीहरूको पहिचान गरी कानूनी कारबाही अघि बढाइनेछ ।
२३ र २४ भदौमा जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालतमा ठूलो क्षति पुगेको थियो । सो क्रममा महत्त्वपूर्ण कागजातहरू जलेर नष्ट भएका थिए ।