ट्रेंडिंग:

>> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त

झोलुङ्गे पुलले यात्रा सहज 

१८ कार्तिक २०८२, मंगलवार
१८ कार्तिक २०८२, मंगलवार

दाङ, १८ कात्तिक ।

दाङको चेपे सोतामा झोलुङ्गे बनेपछि यात्रा सहज भएको छ   ।  घोराही उपमहानगरपालिका -१र २ नम्बर वडा जोड्ने पुलले नागरिकको जीवन परिवर्तन गरेको छ   ।

घोराही उपमहानगरपालिका -१  बाहुनटारीका ६३ वर्षकी  दुर्पती नेपालीलाई आफ्नै जीवनमा आएको परिवर्तन देख्दा निकै खुसी लागेको छ। घोराही  उपमहानगरपालिका -१ र २ को सिमानामा पर्ने चेपे सोताको बाटो ओहोरदोहोर गर्दा निकै समस्या हुने गरेको थियो ।

सोताको पारी घर छ  कुटानी पिसानी गर्ने देखि सरसामान किनमेल गर्न वारि आउनुपर्ने बाध्यता थियो । एक घण्टाको बाटो हिँडेर आवतजावत गरेको अझै ताजा छ।   तीन वर्ष अघि चेपे सोतामा बनेको झोलुङ्गे पुलले अहिले सहज भएको छ।  सोताको पानीलाई छेक थुन गरेपछि जलाशय बनेको छ । जलाशयको पानीले  बाह्रै महिना तरकारी खेती हुने गरेको उनले बताइन् ।

तरकारी खेतीले गाउँले सबैको खेतबारीमा सधैँ हरियाली हुन्छ।
झोलुङ्गे  पुलले यात्रा सहज र समय व्यवस्थापन भएको सोही वडाका बासिन्दा रिता चौधरीले बताइन् । उनले भनिन् , पुल बनेपछि यात्रा सहज भएको छ, १ घण्टा हिँड्नुपर्ने बाध्यता हटेको छ   । दैनिक तरकारी बिक्री गर्न बजार आउँदा सजिलो भएको छ।  पुल नहुँदा गाउँमा फलेका तरकारी बारीमै खेर जान्थ्यो । पुल बनेपछि व्यापारी नै गाउँ आउने र खरिद गरेर लैजाने गरेका छन् ।

खोलाको पानी तरेर यात्रा गर्नुपर्दा जोखिम धेरै थियो । घोराही उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष  राममणि पाण्डेले  पुल बनेपछि सबै नागरिक खुसी भएको बताए ।   “यो पुलमा पुग्ने जो–कोहीको मन खुसी  हुन्छ”, उनले भने, “ सोता देख्दा सानो भए पनि गहिरो थियो धेरै जोखिम थियो , यो  क्षेत्रमा निर्माण भएको पुल पाहुनाका लागि आकर्षक गन्तव्य बनेको छ ।”

पुल हेर्न दैनिक युवायुवतीको घुइँचो लाग्ने गरेको छ ।  पुल गाडी ,मोटर भन्दा पनि मानिसलाई यात्रा गर्न सहज होस् भनेर बनाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?