ट्रेंडिंग:

>> मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त >> निर्वाचन नै निकासको मार्ग हुनसक्छ  >> ‘हायातपछि बुटवलमा रात्रिकालीन बजार’  >> बुद्धभूमिको बृजा तालमा स्टिमरको आकर्षण >> पृथ्वीचन्द्र अस्पतालमा करोड बढीको अनियमितता ! >> बुटवल कृषि उपजको लफडा लम्बिदैः वर्ष दिनदेखि प्रहरीको पहरामा बोलपत्र >> दिल्लीमा शक्तिशाली विस्फोट : मृतकको संख्या ९ पुग्यो, २४ जना घाइते >> एनपीएलका उद्घाटन र फाइनलसहित अधिकांश खेल फ्लडलाइटमा हुने >> नदी घाटहरूमा अवैध उत्खनन नियन्त्रण गर्न प्रहरीको नियमित गस्ती र निगरानी >> एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क >> नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त >> फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : ओली >> कतारको सडकमै स्याङ्जाका गुरुङको दुखद निधन >> एनपीएल सिजन–२ मा एनसेलको निरन्तर सहकार्य : ‘युनाइटेड बाइ क्रिकेट, कनेक्टेड बाइ एनसेल’ >> सिटिजन्स बैंक र एकता बुक्सबीच विशेष छुटको समझदारी >> जन्मदिनमा केक होइन, शैक्षिक सामग्री बाँडिन् बालगायिका एक्टिमा >> रामकुमारी र किसानसहितका नेताहरू एमालेमा फर्किए >> बुद्ध एयरका मालिकसहितको नयाँ दलले पायो निर्वाचन आयोगबाट प्रमाणपत्र >> सोमबार सेयर बजारमा गिरावट, कारोबार रकम ४ अर्ब ५१ करोडमा सीमित >> बुधबार भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै >> टमाटरमा भविष्य खोज्दै किसान >> सामाजिक हितमा रोटरी ‘प्लेटफर्म ’ >> सुत्केरी महिलाको मृत्युपछि भरतपुर अस्पताल तनावग्रस्त >> कपिलवस्तुमा बेपत्ता २ वर्षीया बालिका मृत फेला >> पथलैया–निजगढ सडकमा जंगली हात्तीको आक्रमण, ट्रक चालकको मृत्यु >> निर्माण व्यवसायीलाई भुक्तानीको चिन्ता >> कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ हुने सहमति, चुनाव चिन्ह बिजुलीको चिम >> मुख्यमन्त्री नियुक्ति विवादले उग्र रूप लिँदा कर्मचारीमाथि कुटपिट >> रास्वपाले समानुपातिक उम्मेदवारको लागि आवेदन शुल्क ५० हजार तोक्यो >> सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो >> एमालेले बोलायो विघटित संसदीय दलको बैठक >> ३५ सदस्यीय सचिवालय बनाउने तयारीमा नेपाली कम्युनिस्ट पार्टी >> सिके राउतको प्रस्ताव : मधेसलाई स्वायत्त प्रदेश घोषणा गरौँ >> नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेस भवन अगाडि टायर बाल्दै प्रदर्शन >> मधेसमा मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झन्डा फ्याँकियो >> बुटवलमा युनि कन्सल्ट्यान्स अलायन्सद्वारा शैक्षिक परामर्शदाता भेला >> मधेसमा एमाले, राप्रपा र संघीय समावादीबाट एक-एकजना मन्त्री नियुक्त >> मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त >> बढैयाताल गाउँपालिकामा २६ करोड बेरुजु : प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा रकम हिनामिना >> नेपाली क्रिकेट टोलीका अलराउण्डर शरद भेषावकरले लिए सन्यास >> आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै >> तिलोत्तमामा मङ्सिर १५ गतेदेखि औद्योगिक मेला हुने >> सामाजिक सञ्जालबाटै बढ्दो ठगी  >> सल्यानमा घरघर पुगेर स्क्रब टाइफसको जाँच >> भैरहवा विमानस्थल खाली भारतमा विमान ‘डाईर्भट’ >> खानेपानी योजनाको बजेट तानातानले सङ्घीयताभन्दा जेठा योजना अलपत्र >> दाङमा बिलबिजक नभएको कपडा बरामद  >> बुटवलमा ३ अर्ब ५० करोड लगानीको पाँचतारे होटल ‘ह्यात प्लेस’ सञ्चालनमा >> यूसिएमएस भैरहवामा रेडियोलोजी सम्बन्धी कार्यशाला सम्पन्न   >> सिटिजन्स बैंकले सुरु गर्‍यो “सिटिजन्स क्यूआर मर्चेन्ट लोन” योजना

राजापुरमा आजदेखि धान खरिद सुरु, किसानलाई बैंकमार्फत भुक्तानी

१८ कार्तिक २०८२, मंगलवार
१८ कार्तिक २०८२, मंगलवार

बर्दिया, १८ कात्तिक ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको धान खरिद कार्यक्रम आजदेखि राजापुरमा सुरु गरेको छ । कम्पनीका प्रमुख कमल राज पाण्डेले किसान प्रतिनिधिसँगको छलफलमा सबै तयारी पूरा भइसकेको र केन्द्रबाट शुक्रबार मात्र खरिदका लागि औपचारिक निर्देशन प्राप्त भएको जानकारी दिए ।

आइतबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको प्राथमिक खरिद समिति बैठकले मूल्य, मापदण्ड र खरिद प्रक्रिया सम्बन्धी अन्तिम निर्णय गरेपछि सोमबारदेखि खरिद सुरु गरिएको हो । कम्पनीका अनुसार यस वर्ष किसानलाई बिक्रीको रकम नगदमा नभई सिधै उनीहरूको व्यक्तिगत बैंक खातामा जम्मा गरिने व्यवस्था गरिएको छ । यस प्रणालीले भुक्तानीमा पारदर्शिता र सहजता ल्याउने उद्देश्य राखिएको कम्पनीका सूचना अधिकारी चेतन कठायतले बताए ।

किसान प्रतिनिधि शिव प्रसाद चौधरीको नेतृत्वमा पुगेको टोलीसँगको छलफलमा किसानहरूले विगतमा खरिद ढिलो हुँदा धान सड्ने, बजारमा मूल्य घट्ने र बिचौलियाको फाइदा हुने समस्या दोहोरिएको गुनासो राखेका थिए । प्रमुख पाण्डेले यस वर्ष ती कमजोरी नदोहरिने आश्वासन दिए । उनका अनुसार कृषकले उत्पादन गरेको धान उचित मूल्यमा बेच्न सकून् भन्ने कम्पनीको प्राथमिकता रहेको छ ।

राजापुर क्षेत्रमा यस वर्ष धान उत्पादन राम्रो भए पनि निजी व्यापारीहरूले मूल्य कम तोक्ने र तत्काल खरिद नगर्ने भएकाले किसानहरू धान घरमै थन्क्याएर राख्न बाध्य भएका छन् । सरकारी खरिद सुरु भएपछि उनीहरूमा राहतको आशा जगाएको छ । चौधरीले भने, “सरकारले खरिद प्रक्रिया समयमै सुरु गर्न लागेको जानकारीले हामी किसान उत्साहित भएका छौं ।”

कम्पनीले गत वर्षभन्दा यो वर्ष धान खरिद लक्ष्य बढाएको छ । गोदाम मर्मत, बोरा, तौल उपकरण र कर्मचारी व्यवस्थापन पूरा भइसकेको कम्पनीले जनाएको छ । प्रमुख पाण्डेले किसानलाई शुद्ध, सुक्खा र मापदण्डअनुसारको धान ल्याउन आग्रह गर्दै मापदण्ड नपुगेको धान खरिद गर्न नसकिने चेतावनी पनि दिए ।

राजापुरमा सुरु भएको सरकारी खरिद कार्यक्रमले त्यहाँका किसानलाई राहत दिने अपेक्षा गरिएको छ । तर बर्दियाका अन्य सात पालिकाका किसान भने सरकारी खरिदको पहुँचमा नपर्दा सस्तोमा धान बेचेर नोक्सानी बेहोर्दै आएका छन् । किसानहरूले आगामी वर्षदेखि सबै पालिकाबाट पनि धान खरिदको व्यवस्था गर्न सरकार र कम्पनीलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?