Butwal Today

राप्रपा महामन्त्री धवलशम्शेरद्वारा असन्तुष्ट समूहको बैठक आह्वान

१८ कार्तिक २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, १८ कार्तिक ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशम्शेर राणाले असन्तुष्ट नेताहरूको बैठक बोलाएका छन् ।

राणाले आह्वान गरेको बैठक आज अपरान्ह साढे १२ बजे बालुवाटारस्थित नेपाल हाउसमा बस्ने तय गरिएको छ । राणानिकट एक केन्द्रीय सदस्यका अनुसार, आसन्न केन्द्रीय समिति बैठकमा समूहको साझा धारणा तय गर्नका लागि यो बैठक आयोजना गरिएको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यसअघि कात्तिक २७ र २८ गतेका लागि पार्टी केन्द्रीय समितिको बैठक बोलाइसकेका छन् ।