© २०२३
काठमाडौं, १८ कात्तिक ।
जेन–जी आन्दोलनको क्रममा प्रहरी कार्यालय तोडफोड गरेको आरोपमा ८ जना आफैं प्रहरी कार्यालयमा उपस्थित भएका छन् ।
प्रहरी वृत्त जगातीमा भएको तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान प्रहरीले पहिले नै गरिसकेको थियो । सोमबार प्रहरीहरूले उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा उपस्थित हुन भनेका थिए ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी दानबहादुर कार्कीका अनुसार प्रहरीको बोलाहनपछि ८ जना आफैं उपस्थित भएका छन् ।
उनीहरूमा काभ्रेको भुम्लु गाउँपालिका–३ घर भएका ३४ वर्षीय रामशरण परियार, काभ्रेको बनेपा नगरपालिका–४ का ३२ वर्षीय रुपक परियार, सर्लाहीको लालबन्दी नगरपालिका–६ का २६ वर्षीय होमबहादुर खत्री, काभ्रेको नमोबुद्ध नगरपालिका–१ का २२ वर्षीय अमृत सुनुवार, महोत्तरीको सोनाम गाउँपालिका–८ का १८ वर्षीय प्रह्लादकुमार ठाकुर, भक्तपुर नगरपालिका–८ का ३२ वर्षीय राजन माक, सर्लाहीका १६ वर्षीय सरोज बम्जन र काभ्रेको नमोबुद्ध नगरपालिका–६ का २२ वर्षीय विकाश तामाङ रहेका छन् ।
उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको एआईजी कार्कीले जानकारी दिएका छन् ।