Butwal Today

सेयर बजार घट्यो, नेप्से परिसूचक २६ सयभन्दा तल झर्यो

१८ कार्तिक २०८२, मंगलवार
अ+
अ-

 काठमाडौं, १८ कात्तिक ।

सेयर बजार फेरि २६ सयभन्दा तल झरेको छ । मंगलबार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.६४ अंक घटेसँगै २५९५ मा कायम भएको छ ।

कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ६ अर्ब ५ करोडको कारोबार भएकोमा आज ५ अर्ब १५ करोडको भयो । ३३ कम्पनीको मूल्य बढ्दा २१३ कम्पनीको घट्यो, भने ३ कम्पनीको मूल्य स्थिर रह्यो ।

सबै समूहका सूचक घटेका छन् । फाइनान्स समूह सबैभन्दा धेरै २.२१ प्रतिशत घट्यो । बैंकिङ ०.६६, विकास बैंक १.४७, होटल तथा पर्यटन ०.९३, हाइड्रोपावर १.२१, लगानी ०.८७, जीवन बीमा १.४४, र उत्पादन तथा प्रशोधन समूह पनि घटेका छन् ।