© २०२३
काठमाडौं, १८ कात्तिक ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत ९ वटा दल र समूहबीच एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिने भएको छ ।
यस्तो प्रस्ताव माओवादी केन्द्रको बैठकबाट पारित भएको हो ।
मंगलबार माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण र अन्तिम बैठक बसेको थियो । यस बैठकले ‘नेपाली कम्युनिस्ट पार्टी’ नाम राख्ने प्रस्ताव पारित गरेको हो ।
माओवादी नेता रामप्रसाद सापकोटा दिपशिखाका अनुसार एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ र चुनाव चिन्ह तारा राखिने भएको छ । नेताहरूका अनुसार माओवादी केन्द्रबाट पारित भएको यो नामबारे अन्य एकतामा रहेका पार्टीहरूसँग समेत छलफल गरेर अगाडि बढाइनेछ ।