Butwal Today

माओवादी केन्द्रको बैठकबाट पार्टी एकताको एजेन्डा पारित

१८ कार्तिक २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, १८ कार्तिक ।

नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी एजेन्डा पारित गरेको छ ।

बैठकमा आयोजक समितिका संयोजकको तर्फबाट नेता नारायणकाजी श्रेष्ठले पार्टी एकतासम्बन्धी एजेन्डा प्रस्तुत गरेका थिए । श्रेष्ठले प्रस्तुत प्रस्तावलाई महाधिवेशन आयोजक समिति सदस्यहरूले ताली बजाएर पारित गरेका हुन् ।

श्रेष्ठले बैठकमा भने, “पार्टी एकता केही व्यक्तिहरूलाई मात्र थुपार्नका लागि होइन, जेन–जी सहितको नयाँ पुस्तालाई पार्टी पुनर्निर्माणको अभियानमा समेट्न, पार्टीलाई अझ बलियो बनाउँदै समाजवादको लक्ष्यसम्म पुग्नका लागि गरिएको हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?