Butwal Today

माओवादी केन्द्रको बैठकबाट पार्टी एकताको एजेन्डा पारित

१८ कार्तिक २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, १८ कार्तिक ।

नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी एजेन्डा पारित गरेको छ ।

बैठकमा आयोजक समितिका संयोजकको तर्फबाट नेता नारायणकाजी श्रेष्ठले पार्टी एकतासम्बन्धी एजेन्डा प्रस्तुत गरेका थिए । श्रेष्ठले प्रस्तुत प्रस्तावलाई महाधिवेशन आयोजक समिति सदस्यहरूले ताली बजाएर पारित गरेका हुन् ।

श्रेष्ठले बैठकमा भने, “पार्टी एकता केही व्यक्तिहरूलाई मात्र थुपार्नका लागि होइन, जेन–जी सहितको नयाँ पुस्तालाई पार्टी पुनर्निर्माणको अभियानमा समेट्न, पार्टीलाई अझ बलियो बनाउँदै समाजवादको लक्ष्यसम्म पुग्नका लागि गरिएको हो ।”