ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल
मणिमुकुन्द सेनको १७ औ वार्षिक साधारण सभा

पार्कको विशिष्टीकरणमा जोड 

१८ कार्तिक २०८२, मंगलवार
१८ कार्तिक २०८२, मंगलवार

बुटवल, १८ कार्तिक ।

बुटवलमा भएको एक कार्यक्रममा बोल्ने वक्ताहरूले देशभरका पार्कहरूको विशिष्टीकरणमा जोड दिएका छन् ।

सामरिक महत्त्व बोकेको मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको सोमबार सम्पन्न १७ औ वार्षिक साधारण सभामा बोल्ने वक्ताहरूले उद्यानहरूलाई विशिष्टीकरण गर्न सके पर्यटकहरूको आर्कषण बढ्ने बताएका हुन ।

कार्यक्रमको प्रदेशका पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठ र समितिका संरक्षक तथा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले अतिक्रमणको चपेटामा रहेको ऐतिहासिक र सामरिक महत्वलाई जोगाउने अभियानमा यहाँका पूर्वजहरुको योगदान रहेको बताए ।

फुलबारीको सामरिक महत्वलाई बचाउँदै थप प्रचारप्रसारलाई जोड दिनुपर्ने उनको सुझाव छ । जनजीको आन्दोलनबारे उनले भ्रष्ट्राचार र समाज रूपान्तरणका लागि भएको बताए । तर जुन उद्देश्यलाई लिएर आन्दोलन भएको भएको त्यो प्राप्ति नभएको दाबी गरे ।

पाल्पाली राजा रुद्र सेन द्घितियद्घारा १५ औ शताब्दीमा आधार राखिएको यस क्षेत्रमा शितकालिन दरबार तथा प्रशासनिक केन्द्र रहेको ऐतिहासिक तथ्यमा उल्लेख छ ।

कार्यक्रममा समितिका संरक्षक तथा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले स्थानिय सरकारको संरक्षणमा रहेको पार्कको विकास र संरक्षणमा निरन्तर सहकार्य र पहल गरिरहेको बताए ।

समितिलाई अध्ययन केन्द्रको रुपमा विकास गर्न कार्यविधि बनाएर अघि बढ्न जरुरी रहेको भन्दै यसलाई अघि बढाउन पालिका तयार रहेको बताए । समृद्धि बुटवल बनाउनका लागि यहाँका पुराना र महत्त्वपूर्ण स्थलहरूको प्रचार र पहिचान बाहिर ल्याउन जरुरी रहने उनले बताए ।

फूलबारीलाई थप नयाँ उचाइमा लग्ने गरी आर्थिक र प्रशासनिक नियमावली बनाउन उनले सुझाव दिए । पुरातत्त्व विभागसँग समन्वय गरी अघि बढाउन जरुरी छ ।

कार्यक्रममा समितिका अध्यक्ष माधव प्रसाद नेपालले गत वर्ष दिगोपनाका आधारहरू मजबुत गर्न, प्रशासनिक दक्षता बढाउन, आम्दानीका वैकल्पिक श्रोत सृजना गर्न र समुदायसँगको साझेदारीलाई संस्थागत बनाउन मदत गरेको छ ।

पुरातन शिवालय, बिष्णुपादुका, मजारस्थान तथा स्वामीनारायणले ३०० वर्षअघि विचरण गरेको स्थानसमेत हुँदा धार्मिक सहिष्णुता र सांस्कृतिक सहअस्तित्वको उत्कृष्ट घोतक बनेको उनले बताए । उद्यान केवल घुमफिर गर्ने ठाउमात्र नभई यो अध्ययन, चिन्तन र आत्मिक अनुभुतिको पनि पवित्र स्थल बनेको उनको दाबी छ ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रा देवि अर्याल, राष्ट्रिय उद्यान महासंघ नेपालका अध्यक्ष खेम लुईटेल, समितिका सल्लाहकार निर्मल जिसि, समितिका उपाध्यक्ष रमेश नेपालले पार्कको विविधीकरणमा जोड दिनुपर्ने बताए ।

बुटवलको मणिमुकुन्द सेन उद्यानमा एक वर्षको अवधिमा ५ लाख ४७ हजार १९९ जना पर्यटक भित्रिएका छन् । सेनवंशिय भग्नावशेष दरबार रहेको सामरिक महत्त्व बोकेको यस क्षेत्रमा अध्ययन अवलोकनका लागि आन्तरिक र बाह्य पर्यटकहरु आउने गरेका छन् ।

जसमा ७४ हजार भारतीय र १७५ जना तेस्रो मुलुकका पर्यटक रहेको उद्यान समितिले जनाएको छ । आर्थिक वर्षमा ४ करोड १० लाख ३४ हजार रुपैयाँ आम्दानी भएको छ ।  समितिमा ६०१ सदस्यहरू आबद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?