ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

नर्सहरूको पारिश्रमिक वृद्धि गर

१८ कार्तिक २०८२, मंगलवार
१८ कार्तिक २०८२, मंगलवार

नेपाल नर्सिङ सङ्घले सरकार र निजी अस्पतालका प्रतिनिधिहरूसँग आइतबार गरेको सहमति १२ घण्टा नहुँदै भङ्ग भएको छ ।

माग पूरा नभई अधुरो सहमति भएको भन्दै नर्सहरूले सहमति कार्यान्वयनमा आशङ्का जनाएका छन् । एकतर्फी ढङ्गले निर्णय गरेको आरोप लगाउँदै नर्सहरू थप आन्दोलित बनेपछि नर्सिङ सङ्घ सहमतिबाट पछि हटेको छ ।

नर्सिङ सङ्घले ४८ घण्टाभित्र माग सम्बोधन नभए देशभरका सरकारी, निजी, गैरसरकारी स्वास्थ्य संस्था तथा मेडिकल कलेजमा अत्यावश्यक बाहेकका सबै नर्सिङ सेवा ठप्प पारिने चेतावनी दिएको छ । निश्चित रूपमा निजी मेडिकल कलेज र अस्पतालहरूले गरेको श्रम शोषण, लामो ड्युटी र कम सुविधाले नर्सहरूको जीवनलाई कठिन बनाएको छ ।

कतिसम्म भने विएस्सी नर्सिङ गरेका स्वास्थ्यकर्मीहरूले मासिक १० हजार पारिश्रमिक बुझेको तथ्य सार्वजनिक भएको छ । अहिले पनि नयाँ नर्सका लागि १० हजार रुपैयाँ तलब दिने गरिएको छ । अस्पतालको शोषणविरुद्ध बोल्दा जागिरबाटै निकाल्ने धम्की आउने गरेको स्वास्थ्यकर्मीको पीडा छ ।

अस्पतालमा काम गर्ने कोही नर्स सन्तुष्ट छैनन् तर अर्को विकल्प नहुँदा उनीहरू काम गर्न बाध्य भएका छन् । नेपालमा श्रम शोषणकै कारण धेरै स्वास्थ्यकर्मी नर्सहरू विदेश पलायन भएका छन् । लाखौँ खर्च गरेर नर्स बन्ने सपना साँचेर काम थालेकाहरू अहिले पारिश्रमिककै कारण मानसिक रूपमा विक्षिप्त हुने अवस्था देखिएको छ ।

निजी अस्पतालहरूमा नर्सहरूलाई सरकारले तोकेको आधारभूत तलबको मापदण्ड लागू गरिएको छैन । अस्पतालहरूले सरकारको भन्दा आफ्नै नियम बनाएर नर्सलाई काममा लगाउने गरेको पाइएको छ ।

नर्सहरूले बिरामीको सेवा गर्नुपर्ने नैतिक जिम्मेवारी बोकेका छन् तर यो जिम्मेवारीले उनीहरूको व्यक्तिगत जीवन र आर्थिक अवस्थालाई थप बोझिलो बनाएको छ । २४ सै घन्टा बिरामीको सेवा गर्ने नर्सहरूले बर्षौ काम गरिसक्दा पनि मासिक २० हजार पारिश्रमिक पनि नपाउने गरेको सुन्दा आश्चर्य लाग्छ । नर्सिङ पेशाभित्रको श्रम शोषण अत्यन्त घृणाष्पद छ ।

नीजि मेडिकल कलेजहरू र ठूला नीजि अस्पतालले कार्तिक महिनादेखि नै पूर्णरूपमा सरकारी पाँचौं तह अर्थात् ३४ हजार ७३० रुपैयाँ तलब दिने सहमति भएको थियो ।

त्यसैगरी अन्य निजी अस्पतालहरूले भने हाललाई २७ हजार ७८४ तलब दिने र एक महिनाभित्र अस्पतालको वर्णीकरण गर्दै सरकारी सरह नै पु¥याउने सहमति भएको थियो । तर सहमति कार्यान्वयनमै आशङ्का भएपछि सहमति तोडिएको छ । नर्सहरूको आन्दोलन यथावत छ ।

स्वास्थ्य सेवामा संलग्न स्वास्थ्यकर्मी नै न्यून तलवबाट बञ्चित हुनुपर्दछ भने आम नागरिकको स्वास्थ्य सुरक्षाको ग्यारेण्टी कसरी होला ? सम्बद्ध निकायको ध्यानाकर्षण हुनुपर्दछ । काम गरेपछि समयमै उचित पारिश्रमिक उपलब्ध गराउनुपर्ने भएपनि स्वास्थ्यकर्मीहरू नै श्रमको शोषणमा पर्नु राम्रो होइन ।

नर्सहरूको माग जायजमात्र होइन सत प्रतिशत सही छ । काम गरेपछि श्रमको उचित सम्मान पाउनु उनीहरूको नैसर्गिक अधिकारको कुरा पनि हो । यस विषयमा नेपाल सरकारको गंभीर ध्यानाकर्षण जरुरी छ ।

अब सरकारले पहल गरेर नर्सहरूको तलवमा वृद्धि गर्ने व्यवस्था गरोस् । आजको युगमा सवैभन्दा पहिलो प्राथमिकतामा नर्सहरूको श्रमको सम्मान हुनुपर्नेमा स्वास्थ्यकर्मीमाथि नै अन्याय हुनु कदापी न्यायोचित मान्न सकिदैन । भोको पेटले कोही कसैले काम गर्न सक्दैन ।

लाखौँ लगानी गरि अध्ययन सकाएर काम सुरु गरेका स्वास्थ्यकर्मी नर्सहरूमाथि श्रमको थिचोमिचो भएको सुन्दा दुःख लाग्नु स्वाभाविक छ । विरामीबाट पैसा असूली गर्ने तर स्वास्थ्यकर्मी नर्सहरूलाई श्रमको शोषण गर्ने काम राम्रो होइन् ।

तसर्थ अहोरात्र सेवा प्रवाहमा खटिने नर्सहरूको गुनासो तत्काल सम्बोधन गर्नेतर्फ ढिलाई नहोस् । स्वास्थ्यकर्मी नर्सहरूले थालेको आन्दोलनप्रति सवैको ऐक्यवद्धता छ । स्वास्थ्यकर्मीको रोदन र पीडामा बेवास्ता गरेर सरकार र नीजि अस्पताल संचालकहरूलाई सुहाउने कुरा होइन । तसर्थ स्वास्थ्यकर्मीको माग ढिलो नगरी सम्बोधन गरियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?