© २०२३
काठमान्डौ, १८ कार्तिक ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिलिपि नागरिकता प्राप्त गरेकी छन् ।
जेन–जी आन्दोलनको दोस्रो दिन, भदौ २४ गते, उनको निवासमा भएको तोडफोड र आगजनीका क्रममा उनका नागरिकताको प्रमाणपत्र जलेको थियो ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उपस्थित भई आज उनले प्रतिलिपि नागरिकता लिएकी हुन् ।
‘उहाँको साथमा रहेको नागरिकताको प्रमाणपत्र पनि जलेको रहेछ, हाम्रो भौतिक अभिलेख पनि जलेको थियो,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले भने, ‘उहाँले प्रतिलिपी नागरिकता पाँऊ भनेर निवेदन दिएपछि विभिन्न सरकारी निकायमा रहेका उहाँको नागरिकताको प्रमाणपत्रको फोटोकपी र हाम्रो डिजिटल डाटा भिडायौं, त्यसपछि प्रतिलिपी नागरिकता दिइएको हो ।’