© २०२३
काठमान्डौ, १८ कार्तिक ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिलिपि नागरिकता उपलब्ध गराउने निर्णय गरेको छ ।
भण्डारीको निवासमा जेन–जी आन्दोलनको दोस्रो दिन, भदौ २४ गते तोडफोड र आगजनी हुँदा उनका नागरिकताको प्रमाणपत्र जलेको थियो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले भने, “उहाँको साथमा रहेको नागरिकताको प्रमाणपत्र पनि जलेको रहेछ, हाम्रो भौतिक अभिलेख पनि जलेको थियो । उहाँले प्रतिलिपि नागरिकता पाउने निवेदन दिएपछि विभिन्न सरकारी निकायमा रहेका उहाँको नागरिकताको फोटोकपी र हाम्रो डिजिटल डाटा मिलाएर प्रतिलिपि नागरिकता दिने निर्णय गरिएको हो ।”
जिल्ला प्रशासन कार्यालयले पूर्वराष्ट्रपति भण्डारीलाई आज दिउँसो २ बजे कार्यालयमा उपस्थित भई प्रतिलिपि नागरिकता लिन बोलाएको छ ।