ट्रेंडिंग:

>> स्वर्गीय बच्छु राईको परिवारलाई एनसीसी कतारद्वारा आर्थिक सहयोग हस्तान्तरण >> भारतबाट ल्याएको अवैध चिनी बरामद  >> ब्रिनोजबाट ७ हजार बढीले लिए कान उपचारको सेवा >> बर्दिबासमा शपथ गराउन मैले नै दबाब दिएको हुँ : मुख्यमन्त्री यादव >> मधेस प्रदेशमा सरकार गठनविरुद्ध ७ दलका सांसदहरूको धर्ना >> मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त >> निर्वाचन नै निकासको मार्ग हुनसक्छ  >> ‘हायातपछि बुटवलमा रात्रिकालीन बजार’  >> बुद्धभूमिको बृजा तालमा स्टिमरको आकर्षण >> पृथ्वीचन्द्र अस्पतालमा करोड बढीको अनियमितता ! >> बुटवल कृषि उपजको लफडा लम्बिदैः वर्ष दिनदेखि प्रहरीको पहरामा बोलपत्र >> दिल्लीमा शक्तिशाली विस्फोट : मृतकको संख्या ९ पुग्यो, २४ जना घाइते >> एनपीएलका उद्घाटन र फाइनलसहित अधिकांश खेल फ्लडलाइटमा हुने >> नदी घाटहरूमा अवैध उत्खनन नियन्त्रण गर्न प्रहरीको नियमित गस्ती र निगरानी >> एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क >> नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त >> फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : ओली >> कतारको सडकमै स्याङ्जाका गुरुङको दुखद निधन >> एनपीएल सिजन–२ मा एनसेलको निरन्तर सहकार्य : ‘युनाइटेड बाइ क्रिकेट, कनेक्टेड बाइ एनसेल’ >> सिटिजन्स बैंक र एकता बुक्सबीच विशेष छुटको समझदारी >> जन्मदिनमा केक होइन, शैक्षिक सामग्री बाँडिन् बालगायिका एक्टिमा >> रामकुमारी र किसानसहितका नेताहरू एमालेमा फर्किए >> बुद्ध एयरका मालिकसहितको नयाँ दलले पायो निर्वाचन आयोगबाट प्रमाणपत्र >> सोमबार सेयर बजारमा गिरावट, कारोबार रकम ४ अर्ब ५१ करोडमा सीमित >> बुधबार भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै >> टमाटरमा भविष्य खोज्दै किसान >> सामाजिक हितमा रोटरी ‘प्लेटफर्म ’ >> सुत्केरी महिलाको मृत्युपछि भरतपुर अस्पताल तनावग्रस्त >> कपिलवस्तुमा बेपत्ता २ वर्षीया बालिका मृत फेला >> पथलैया–निजगढ सडकमा जंगली हात्तीको आक्रमण, ट्रक चालकको मृत्यु >> निर्माण व्यवसायीलाई भुक्तानीको चिन्ता >> कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ हुने सहमति, चुनाव चिन्ह बिजुलीको चिम >> मुख्यमन्त्री नियुक्ति विवादले उग्र रूप लिँदा कर्मचारीमाथि कुटपिट >> रास्वपाले समानुपातिक उम्मेदवारको लागि आवेदन शुल्क ५० हजार तोक्यो >> सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो >> एमालेले बोलायो विघटित संसदीय दलको बैठक >> ३५ सदस्यीय सचिवालय बनाउने तयारीमा नेपाली कम्युनिस्ट पार्टी >> सिके राउतको प्रस्ताव : मधेसलाई स्वायत्त प्रदेश घोषणा गरौँ >> नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेस भवन अगाडि टायर बाल्दै प्रदर्शन >> मधेसमा मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झन्डा फ्याँकियो >> बुटवलमा युनि कन्सल्ट्यान्स अलायन्सद्वारा शैक्षिक परामर्शदाता भेला >> मधेसमा एमाले, राप्रपा र संघीय समावादीबाट एक-एकजना मन्त्री नियुक्त >> मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त >> बढैयाताल गाउँपालिकामा २६ करोड बेरुजु : प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा रकम हिनामिना >> नेपाली क्रिकेट टोलीका अलराउण्डर शरद भेषावकरले लिए सन्यास >> आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै >> तिलोत्तमामा मङ्सिर १५ गतेदेखि औद्योगिक मेला हुने >> सामाजिक सञ्जालबाटै बढ्दो ठगी  >> सल्यानमा घरघर पुगेर स्क्रब टाइफसको जाँच >> भैरहवा विमानस्थल खाली भारतमा विमान ‘डाईर्भट’

बाँकेमा ‘फुटबल फर स्कुल’ 

१८ कार्तिक २०८२, मंगलवार
१८ कार्तिक २०८२, मंगलवार

बाँके, १८ कार्तिक ।

करिब तीन हजार बालबालिकाको सहभागितामा बाँकेमा फिफा ‘फुटबल फर स्कुल’ कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को सहयोग र बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा सुरु भएको यो कार्यक्रमले विद्यालय तहका बालबालिकालाई फुटबल प्रशिक्षणमार्फत शारीरिक, मानसिक र सामाजिक विकासमा योगदान पु¥याउने उद्देश्य लिएको छ ।

नेपालगन्ज रङ्गशालामा आयोजित उद्घाटन समारोहमा बाँकेका करिब २५ विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पंकज बिक्रम नेम्वाङ, नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्ट र बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले संयुक्त रूपमा राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक रविन्द्र श्रेष्ठलाई फुटबल हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका छन् ।

उद्घाटनका क्रममा सहभागी विद्यालयहरूमध्ये जुनियर आइनस्टाइन स्कुललाई प्रतीकात्मक रूपमा फुटबल हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बाँकेका निजी र सामुदायिक विद्यालयका ८ देखि १२ वर्ष उमेर समूहका बालबालिकाहरूले फुटबल प्रशिक्षणसँगै मैत्रीपूर्ण अभ्यास खेल पनि खेलेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङले ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमले खेलकुदको माध्यमबाट समाजमा सकारात्मक सोच र एकताको सन्देश फैलाउने विश्वास व्यक्त गरे । “हामी निकै खुसी छौँ ।

फिफाको अवधारणा अनुसार यो कार्यक्रम नेपालका एक हजारभन्दा बढी विद्यालयमा पुगिसकेको छ । नेपालगन्जमा गरिएको यो कार्यक्रमले फुटबलको माध्यमबाट समाजमा एकताको सन्देश दिएको छ ।

फुटबलले बालबालिकाको सोचमा सकारात्मक प्रभाव पार्छ, त्यसैले यसलाई निरन्तरता दिन स्थानीय तह, एन्फा बाँके, फुटबल क्लब र स्थानीयवासी सबैको सहकार्य आवश्यक छ ।” नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बाँके जिल्लामा फुटबल सङ्घले गरिरहेको कार्यप्रति प्रशंसा व्यक्त गर्दै नगरपालिकाले आगामी दिनमा फुटबलको विकासका लागि पूर्ण सहयोग गर्ने बताए ।

“खेलकुदका कार्यक्रममध्ये फुटबल अग्रणी स्थानमा छ । बालबालिकालाई फुटबलको माध्यमबाट शारीरिक र मानसिक रूपमा बलियो बनाउने प्रयास सराहनीय छ । हाम्रो समाजमा यस्ता कार्यक्रमको ठुलो आवश्यकता छ, र उपमहानगरपालिकाले यसमा सहकार्य गर्न तयार छ । ग्रासरुट फुटबललाई नियमित गर्नका लागि हामी बजेट पनि विनियोजन गर्नेछौँ ।”

बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष तथा एन्फा केन्द्रीय सदस्य भोजराज शाहीले ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमले जिल्लामा फुटबल संस्कृतिको विकास गर्न टेवा पु¥याउने बताए । उनका अनुसार बाँकेबाट नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यसहित यो कार्यक्रमलाई दीर्घकालीन योजनासँग जोडिएको छ ।

“बाँकेमा फुटबलका नयाँ प्रतिभा विकास गर्न हामी योजनाबद्ध रूपमा अघि बढिरहेका छौँ । फिफा फुटबल फर स्कुल कार्यक्रमले यो अभियानलाई अझ मजबुत बनाउनेछ,” अध्यक्ष शाहीले भने।

यसैबिच, बाँके जिल्ला फुटबल सङ्घका महासचिव कमल खत्रीले नेपालगन्ज रङ्गशालामा ८ देखि १२ वर्षका बालबालिकालाई चार महिनादेखि हप्तामा दुई दिन निःशुल्क प्रशिक्षण दिइँदै आएको जानकारी दिए ।

हाल करिब तीन सय बालबालिका हरेक बिहीबार र शुक्रबार नियमित रूपमा प्रशिक्षणमा सहभागी भइरहेको उनले बताए । “हामीले जिल्लाका अन्य स्थानीय तहमा पनि यो कार्यक्रम विस्तार गर्ने योजना बनाएका छौँ, ताकि बाँकेका सबै बालबालिकाले फुटबलमा अवसर पाउन सकुन्,” उनको भनाइ थियो ।

फिफा फुटबल फर स्कुल कार्यक्रम विश्वव्यापी रूपमा विद्यालय स्तरका बालबालिकालाई खेलकुदमा अभ्यस्त गराउन र फुटबलको माध्यमबाट अनुशासन, आत्मविश्वास र नेतृत्व सीप विकास गराउने उद्देश्यले सञ्चालन हुँदै आएको हो ।

बाँकेमा यस कार्यक्रमको शुभारम्भसँगै जिल्लामा फुटबलप्रतिको उत्साह झनै बढेको छ र स्थानीय समुदायले यसलाई दीर्घकालीन खेलकुद संस्कृतिको जग बसाल्ने अवसरका रूपमा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?