Butwal Today

कार्यवाहक सभापति खड्काको ३ बुँदे प्रतिबद्धतापछि खुल्यो कांग्रेस मुख्यालयको ताला

१८ कार्तिक २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयको मूल गेटमा लगाइएको ताला खुलेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तीन बुँदे प्रतिबद्धता जनाएपछि गेटमा लगाइएको ताला खोलिएको हो ।

ताला लगाउने कार्यको नेतृत्व युवा नेता शिव रिमालले गरेका थिए । रिमालका अनुसार कार्यवाहक सभापति खड्काले निम्न तीन प्रतिबद्धता जनाएका छन् ।

. १५औँ महाधिवेशनको मिति तोक्ने: नेपाली कांग्रेसको चालू केन्द्रीय समितिको बैठकले पार्टीको १५औँ महाधिवेशनको मिति तोक्ने ।

२. क्रियाशील सदस्यताको विवरण सार्वजनिक गर्ने : विगत चार वर्षभित्र क्रियाशील सदस्यता नवीकरणको प्रगति विवरण सार्वजनिक गरी नेपाली कांग्रेसको वेबसाइटमा राख्ने ।

३. युवाको माग सम्बोधन गर्ने : ४० वर्ष मुनिका ४० प्रतिशत युवाको सहभागिताको माग सुनिश्चित गर्न केन्द्रीय समितिको विधानमा आवश्यक परिमार्जन गरी पार्टीको विधानमा छलफल गर्ने प्रतिबद्धता जनाउने ।

उक्त तीन बुँदे सहमति भएपछि युवा नेताहरूले कार्यालयको मूल गेटमा लगाइएको ताला खोलेका हुन् । यो घटनाले नेपाली कांग्रेसभित्रको युवा असन्तुष्टि र नेतृत्वप्रति रहेको दबाबलाई स्पष्ट पारेको देखिन्छ ।