ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

आइजिपीलाई जाँचबुझ आयोगको चेतावनी पत्र

१८ कार्तिक २०८२, मंगलवार
१८ कार्तिक २०८२, मंगलवार

काठमान्डौ, १८ कार्तिक ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रहरी प्रधान कार्यालयलाई चेतावनीसहित पत्र पठाएको छ । आयोगले भदौ २३ र २४ गतेका घटनामा को–को प्रहरी फिल्डमा खटिएका थिए भन्ने विस्तृत विवरण मागेको २२ दिनसम्म पनि प्रहरी प्रधान कार्यालयले आवश्यक जानकारी नपठाएपछि चेतावनीपत्र पठाइएको हो ।

आयोग गठन भएको केही दिनपछि नै अध्यक्ष कार्कीले नेतृत्व गरेको टोलीले प्रहरी प्रधान कार्यालय, नक्सालमा ती दुई दिनका फिल्ड ड्युटीमा खटिएका प्रहरी अधिकारी तथा जवानहरूको विस्तृत विवरण मागेको थियो । तर, तोकिएको समयमा जानकारी नआएपछि आयोगले आइतबार पुनः पत्राचार गर्दै २४ घण्टाभित्र लिखित जवाफ पठाउन निर्देशन दिएको हो ।

आयोगले प्रहरी महानिरीक्षक ९आईजिपी० चन्द्रकुवेर खापुङकै नाममा पठाएको पत्रमा, “जाँचबुझ तथा न्यायिक आयोगलाई सहयोग नगरेमा मानहानीसम्बन्धी कानुनी कारबाही हुन सक्ने” चेतावनी समेत दिएको छ ।

प्रहरी स्रोतका अनुसार आयोगलाई विवरण पठाउने तयारी भइरहेको छ। “विवरण नपठाउने भन्ने होइन, हामी तयार गर्ने प्रक्रियामा छौं,” प्रहरी प्रधान कार्यालयका एक वरिष्ठ अधिकारीले बताएका छन् ।

आइतबार नै आयोगले अर्को पत्रमार्फत भदौ २३ र २४ गते काठमाडौं उपत्यकामा खटिएका प्रहरी इन्चार्ज तथा कमाण्डरहरूलाई उपत्यका नछोड्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको थियो । आयोगका अनुसार ती इन्चार्ज तथा कमाण्डरहरूलाई सोधपुछ र बयानका लागि बोलाइनेछ ।

नेपाली सेनाले सार्वजनिक गरेको विवरणअनुसार, भदौ २३ गतेका घटनामा २२ जनाको मृत्यु भएको थियो भने पछिल्ला दिनसम्म कुल मृत्यु संख्या ७६ पुगेको छ । तीमध्ये ४५ जनालाई सरकारले सोमबार सहिद घोषणा गरेको हो ।

सरकारले गठन गरेको जाँचबुझ आयोगलाई पाँच बुँदे कार्यादेश दिएको छ ।

भदौ २३ र २४ गते काठमाडौं लगायत देशका विभिन्न भागमा प्रदर्शनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको छानबिन गर्ने, घटना हुनुको कारण सम्बन्ध यकिन राय सुझाव दिने, भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीको सम्बन्धमा आवश्यक राय दिने, भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपाय तथा सुझावहरू पेश गर्ने र प्रतिवेदनमा उल्लेख भएका सुझावहरू कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना प्रस्तुत गर्ने कार्यादेश उल्लेख छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?