Butwal Today

वनका अध्यक्ष रेग्मीले दिए अख्तियारलाई ठाडै चुनौती 

१८ कार्तिक २०८२, मंगलवार
अ+
अ-
जितपुर, १८ कार्तिक । 
कपिलवस्तुको नवप्रभात सामुदायिक वनका अध्यक्ष डिल्लीराज रेग्मीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पत्रहरूलाई ठाडै चुनौती दिएका छन् ।
उनले ठोकुवा गर्दै अख्तियारका पत्रले कुनै लछारपाटो नलाग्ने बताएका छन् ।  उनले वनको १५ औ साधारण सभामा उपभोक्ताको जवाफ दिने क्रममा यस्तो बताएका हुन् । उनले आफ्ना गतिविधिहरू अख्तियारमा पुगेको बताए ।
सामुदायिक वनलाई हेर्ने अख्तियारको दृष्टि दिनानुदिन बढ्दै गएको बताए । अध्यक्ष रेग्मीले वर्षमा १ सय वटा पत्रहरू आएता पनि जवाफ दिन तयार रहेको बताए ।  ९ सय ९९ उपभोक्ता भएको वनका उपभोक्तालाई मुद्दा मामिलाका बाटाहरू नरोज्न आग्रह गरेका छन् ।
उपभोक्ताहरूलाई उनले समितिले कति भत्ता खायो कार्यालयमा आएर हेर्न भने । उनले खिसीटिउरी गर्दै मिडियाले प्रचार गरेर केही नहुने बताए ।