ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

दाउन्ने सडकखण्डमा सवारी आवागमन अवरुद्ध

१७ कार्तिक २०८२, सोमबार
१७ कार्तिक २०८२, सोमबार

बुटवल, १७ कार्तिक ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सवारीसाधन नचलाउन प्रहरीले आग्रह गरेको छ । पानी पर्न रोकिए पनि सडक अत्यधिक हिलो र चिप्लो बनेको, साथै सवारीसाधन बिग्रिएर सडक एकतर्फी बनेका कारण यातायात सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरीका अनुसार दाउन्नेको पूर्वी र पश्चिमी दुबै खण्डमा सवारीसाधनको लामो लाइन लागेको छ । पश्चिमबाट पूर्वतर्फ बर्दघाट–दुम्किबास जाने सवारीसाधन केही मात्रामा पास भए पनि पूर्वबाट पश्चिमतर्फ गइरहेका सवारीसाधन अझै रोकिन बाध्य छन् ।

प्रहरी नायब उपरीक्षक डीएसपी मधु नेपालका अनुसार ठाउँ–ठाउँमा सवारीसाधन बिग्रिएपछि सडक एकतर्फी भएको हो, जसका कारण करिब १० किलोमिटरसम्म सवारीसाधनको लामो लाइन लागेको छ । “दाउन्नेको उकालोमा आधा दर्जनभन्दा बढी सवारीसाधन बिग्रिएका छन्, जसलाई तत्काल हटाउन कठिनाइ छ,” उनले बताए ।

लगातारको वर्षाले सडक हिलो र चिप्लो बनेपछि विगत पाँच दिनदेखि दाउन्ने सडकखण्डमा यातायात सञ्चालनमा समस्या आइरहेको छ । प्रहरीका अनुसार अहिले दाउन्नेदेखि होङसी सिमेन्ट गेटसम्म सवारीसाधनको लामो लाइन देखिन्छ ।

सडकमा अत्यधिक भीड बढेपछि प्रहरीले कावासोती, डण्डा, चोरमारा, अरुणखोला लगायत स्थानमा सवारीसाधनलाई ‘होल्ड’ गरेर राख्न थालेको छ ।

सडक विभागका अनुसार दाउन्ने सडकखण्डको १४ किलोमिटरमध्ये पश्चिमतर्फका करिब ३ किलोमिटर मात्र पूर्णरूपमा कालोपत्रे गरिएको छ । केही भागमा ढलान कार्य सकिएको भए पनि अधिकांश खण्ड अझै कच्ची र हिलाम्य अवस्थामा छन् ।

दाउन्नेको चार ठाउँमा कल्भर्ट निर्माण कार्य अधूरो रहँदा सडक एकतर्फी चलाइँदै आएको छ । ढलानको काम भइरहेका स्थानमा पनि सवारीसाधन एकतर्फी गुड्न बाध्य छन्, जसका कारण सामान्य वर्षा भए पनि यातायात सञ्चालन ठप्प हुने अवस्था दोहोरिँदै आएको छ ।

प्रहरीले सोमबार एक विज्ञप्ति जारी गर्दै दाउन्ने सडकखण्ड अत्यधिक जोखिमपूर्ण रहेको उल्लेख गर्दै यात्रु तथा चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?