Butwal Today

राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिले कार्यभार सम्हाल्ने

१७ कार्तिक २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, १७ कार्तिक ।

राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गरेपछि उनको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सम्हाल्ने भएका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपति अनुपस्थित रहँदा उपराष्ट्रपतिबाट राष्ट्रपति सम्बन्धी कार्य सम्पादन हुने व्यवस्था गरिएको छ ।

राष्ट्रपति पौडेल आज बिहान “सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट” कार्यक्रममा सहभागी हुन कतारको राजधानी दोहा प्रस्थान गरेका हुन् ।

उनी कतार प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति यादव, प्रधानमन्त्री सुशीला कार्की लगायत उच्च पदाधिकारीहरूले उनलाई बिदाइ गरेका थिए ।