ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

शिक्षिका मृत्यु प्रकरण : पक्राउ परेका गणेश रावलको लिइयो बयान

१७ कार्तिक २०८२, सोमबार
१७ कार्तिक २०८२, सोमबार

काठमान्डौ, १७ कार्तिक ।

शिक्षिका जानकी खड्का मृत्यु प्रकरणमा पक्राउ परेका जिल्ला शिक्षा समन्वय इकाई डोटीका शिक्षा अधिकृत तथा विद्यालय निरीक्षक गणेशबहादुर रावलको सोमबार सरकारी वकिल कार्यालयमा बयान लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नजराज जोशीका अनुसार सरकारी वकिलले घटनासम्बन्धी प्रतिवादी रावलको विस्तृत बयान सोमबार रेकर्ड गरेका हुन् ।

यसअघि असोज १५ गते बयान लिने तयारी भए पनि सरकारी वकिल जिल्लाबाहिर रहेका कारण सो दिन प्रक्रिया रोकिएको थियो । प्रहरी निरीक्षक जोशीका अनुसार, “अनुसन्धानको आवश्यकताअनुसार प्रतिवादीको बयान लिने काम भइरहेको छ,” भन्दै उनले पछि पीडित पक्ष र साक्षीहरूको पनि क्रमशः बयान लिइने जानकारी दिए ।

प्रहरीका अनुसार जाहेरी दर्ता भएपछि २४ दिनभित्र अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउनुपर्ने कानुनी व्यवस्था छ । त्यसपछि सरकारी वकिलले दुई दिनको म्याद थप गरी सबै प्रतिवेदन अदालतमा पेस गर्नुपर्ने हुन्छ ।

सोमबारसम्म घटना भएको ८ दिन र जाहेरी दर्ता भएको ७ दिन पूरा भइसकेका छन् । यसअनुसार अब प्रहरीलाई अनुसन्धान प्रतिवेदन बुझाउन १७ दिन बाँकी छ ।

कात्तिक १० गते डोटीको पूर्वीचौकी गाउँपालिका–१ निवासी २७ वर्षीया शिक्षिका जानकी खड्का घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । जानकी बाजुराको बूढीगंगा नगरपालिका–५ स्थित भानोदय माध्यमिक विद्यालयमा गणित शिक्षिकाका रूपमा कार्यरत थिइन् । उनी कैलाली बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको चौथो सेमेस्टरमा अध्ययनरत थिइन् ।

जानकीले मृत्युअघि लेखेको पत्रमा शिक्षा अधिकृत गणेशबहादुर रावलले आफूलाई विवाहका लागि निरन्तर दबाब दिएको खुलासा गरेकी थिइन् । उनका अनुसार रावलले सामाजिक सञ्जाल फेसबुकमार्फत मित्रता गाँसेर लगातार मानसिक दवाव दिँदै आएका थिए ।

पत्रमा उल्लेख भएअनुसार, विवाहको प्रस्ताव अस्वीकार गरेपछि रावलले जानकीका भाइ प्रदीप खड्कालाई फोन गरी ‘तिम्रो दिदीले मसँग विवाह नगरे मारिदिन्छु’ भन्ने धम्की दिएका थिए । यसले जानकीमा थप मानसिक तनाव सिर्जना भएको पत्रबाट स्पष्ट भएको छ ।

घटनापछि मृतकका परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले गणेशबहादुर रावललाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो । हाल प्रहरी र सरकारी वकिल कार्यालयले आवश्यक बयान र प्रमाण संकलन प्रक्रिया जारी राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?