© २०२३
काठमान्डौ, १७ कार्तिक ।
राष्ट्रपति रामचन्द्र पौडेल औपचारिक भ्रमणका लागि आज बिहान कतार प्रस्थान गरेका छन् ।
राष्ट्रपति पौडेल आज बिहान ९ः१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा, कतारका लागि प्रस्थान गरेका हुन् । उनी ‘सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट’ नामक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन गएका हुन् ।
राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डलले यही कात्तिक २० गतेसम्म कतारमा रहनेछ । भ्रमणका क्रममा उनले कतारका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने र द्विपक्षीय हितका विषयमा छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।
राष्ट्रपति पौडेलको यो औपचारिक भ्रमणलाई गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको थियो ।